Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

न्युरोडमा फुटपाथ बढाउन दिनुपर्छ: महामन्त्री शर्मा

न्युरोडमा फुटपाथ बढाउन दिनुपर्छ: महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् ।

आज बिहिबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन उनले स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउदै हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।

साथै महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल खोल्न चेतावनी दिएका छन् । उनले भनेका छन् ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर भन्नु भएको विषयमा गृहमन्त्री ज्यू के तपाइँ फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ ? म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्न्नु हुन्न । भन्न सक्ने भए शिक्षामन्त्रीज्यु उपरको शब्द फिर्ता लिनुस पुर्व प्रधानमन्त्री ज्यू भनेर दमदार ढंगले भन्न सक्नु हुन्थ्यो, नम्रता पुर्बक पनि भन्न सक्नु हुन्थ्यो ।’

उनले सन्दिप लामिछानेलाई अमेरिकाले भिषा नदिएको बिषयमा सरकारले उचित पहल गर्न नसकेको लगायत सहकारी प्रकरणमा संसदीय समिति बनिसकेकाले ढुक्क भएर बस्न आग्रह गरे।