काठमाडौँ , च्र्चित गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । सानो उमेरमै आफ्नो आँखाको ज्योति गुमाएका थिए । आफ्नै आँखाले संसार हेर्ने सपना पुरा नहुदै प्रकाश सधैैका लागी अस्तालेका छन् । अरूलाई मनोरञ्जन प्रदान गर्ने प्रकाशको जीवन फिल्मको कथाजस्तै लाग्छ । २०४५ सालमा भूकम्प आयो । उनी एक वर्षका थिए । कोशीनजिक थियो उनको घर । कोशीमा ठूलो बाढी आयो । बाढीले घर मात्र बगाएन, उनको सिंगो परिवार बगायो । उनी पनि बगे । नदी छेउमा माछा मारिरहेका माझीको जालमा परे । जालमा माछो भनेर झिक्दा उनी फेला परे । जाल हान्ने माझीदाइ उनका मीतबुवा रहेछन् । मीतबुवाले उनको उद्धार गरे । परिवारका सबै गुमाए पनि हजुरआमाको साथ पाए । बाढीमा परेकी हजुरआमाले भने उपचारपछि नयाँ जीवन पाइन् । उनी भन्थे ’बाढीमा परेर मैले दुवै आँखा गुमाएँ, त्यसैले संसार कस्तो छ, अहिलेसम्म देख्न पाएको छैन,एक पटक देख्न पाए हुन्थ्यो जस्तो लाग्छ ।
’ तर, उनको सपना भने अब अधुरै रह्यो । अरुलाई मनोरञ्जन दिएर खृुसी बनाउनेहरुको जिवन पनि कहाँ खुसीले भरिएको हुन्छ र ? सानैमा परिवार गुमाएर टुहुरो बन्नु त्यस माथी आँखा पनि नदेख्नु । उनका लागी जिवन पनि निकै कष्टकर थियो । उनको शिरबाट परिवारको छाँया सानैमा खोसीए पछि हजुर आमा नै उनको बाबु आमा दुबै बनेर हुर्काईन । तिमिल्सिना ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् ।
उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । गायक प्रकाश तिमिल्सिनाको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ । शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला उनलाई अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ।