Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बास नेपालको आयोजनामा पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाईनल सम्पन्न

बास नेपालको आयोजनामा पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाईनल सम्पन्न

काठमाण्डौं ,पब्लिक स्पिच नेपालको सेमिफाईनल सम्पन्न, १६ प्रतिष्पर्धि फाईनलमा प्रबेश भएका छन्

बास नेपालको आयोजनामा पब्लिक स्पिच नेपाल २०८१ को सेमिफाईनल सम्पन्न भएको छ ।

संघिय राजधानी काठमाण्डौंमा शनिबार सेमिफाईनल सम्पन्न भएको हो ।

नेपाल सरकारका बन तथा बाताबरण मन्त्री ऐन बहादुर शाहीले सेमिफाईनलको उद्घाटन गरेका थिए ।

अडिसन राउण्डबाट छानिएका १०३ मध्ये ६४ जनाले सेमिफाईनलमा प्रतिष्पर्धा गरेका थिए । जसमध्ये १६ जना प्रतिष्पर्धीहरु फाईनल राउण्डमा प्रबेश गरेका छन् । फाईनल राउण्डमा प्रबेश गर्नेहरुमा आँचल कुशुम अधिकारी, अभिषेक बिश्वकर्मा, अञ्जन ढुँगेल, डिल बहादुर भण्डारी, गंगा घिमिरे, जेपि बुढाथोकी, झरना केसी, जयन्ता खत्री, करुणा खनाल, मिगराशी रावत, महेश केसी, मुकेश सिंह धामी, सविना खतिवडा, श्रेया रेग्मी, सिता बन, सुसिला धमाला रहेका छन् ।

सेमिफाईनलमा सहभागि भएका प्रतियोगीहरुले दिगो बिकासका लागि सुशासन, देश बिकासमा युवा, अपाँगता भएका व्यक्तिहरुको न्यायमा पहुँच, जलबायु परिवर्तन र न्यूनीकरणका उपायहरु, समृद्ध नेपालका लागि सकारात्मक सोच, बन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षण, बदलिदो अवस्थामा नागरिक समाजको भुमिका र लैंगिक हिंसा न्यूनीकरण लगायतका बिषयहरुमा बक्तव्य दिएका थिए ।

कार्यक्रममा निर्णायक समितिका संयोजक पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाले प्रतियोगिताको नियम बारे जानकारी गराएको उक्त कार्यक्रममा सहभागिहरुलाई चार मिनेटको समय दिईएको थियो ।

सम्बोधन, प्रस्तुतिकरण सिप, कला, बिषयबस्तुको ज्ञान र अध्ययन, भाषिक शुद्धता, मौलिकता, सिर्जनशिलता, सकारात्मक सोच लगायतलाई आधार मानेर निर्णायकहरुले निर्णय गरेका थिए ।

प्रतियोगितामा पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार बिरुद्धका चर्चित अभियन्ता केदार खडका, मदन पुरस्कार बिजेता, चर्चित साहित्यकार, बरिष्ठ सञ्चारकर्मी डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी बरिष्ठ समाचार सम्पादक अनित बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भुमिका निर्वाह गरेको थियो ।

निर्णायकहरुको निर्णय बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सार्वजनिक गरेका थिए । भने सेमिफाईनलबाट फाईनल लागि छनौट भएका प्रतियोगिहरु भाद्र २९ गते हुने काठमाण्डौंमा हुने फाईनल राउण्डमा सहभागि हुनेछन् ।

कार्यक्रमको सञ्चालन बास नेपाल काठमाण्डौं शाखा अध्यक्ष शकुन्तला शाहले गरेकि थिईन् ।

युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता आयोजना गरेको हो ।

यसरी फाईनलबाट पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम स्थान प्राप्त गर्ने प्रतियोगीले नगद ५० हजार, द्धितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतिय स्थान प्राप्त गर्ने प्रतियोगिले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने एक जना सहभागिले २५ हजारको कर्ण सकारात्मक अवार्ड प्राव्त गर्नेछन् भने ईसेवाका माध्यमबाट सर्बाेत्कृष्ठ मत प्राप्त गर्ने एक जना प्रतियोगिले २० हजारको पुरस्कार प्राप्त गर्नेछन् ।