Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

 

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच खेल हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार १५ मंसिरमा विराटनगरले दिउँसो १२ः१५ बजे जनकपुरको सामना गर्नेछ । १६ मंसिरमा उपनिर्वाचन भएका कारण क्यानले कुनै पनि खेल समावेश गरेको छ । ६ पुसम्म चल्ने एनपिएलमा आठ फ्रेन्चाइज टोली छन ।

खेल तालिकाअनुसार पहिलो क्वालिफायर र इलिमिनेटर खेल ३ पुसमा हुनेछ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबिचमा प्रतिस्पर्धा हुन्छ । यस खेलमा विजेता टोलीले फाइनल स्थान बनाउनेछ । पराजित टोलीले फाइनल प्रवेशको फेरि मौका पाउने क्यानले जनाएको छ । ४ पुसमा इलिमिनेटर हुने खेलमा हुनेछ । यसमा तेस्रो र चौथो स्थानमा रहने टोलीबिच खेल हुन्छ । पराजित टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ । केहीँ दिन अघि पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यसको घोषणा गरेका हुन ।