Shares
Shares
काठमाडौँ । सरकारको नेतृत्व गरेको नेकपा एमालेले शुक्रबार राजधानीमा जागरण सभा गरको छ । नेकपा एमालेका अध्यक्ष एवम सरकारका प्रधानमन्त्री के पी शर्मा ओली कार्यकर्ता सहित नै सडकमा झरेका हुन् उनले जागरण सभालाई सम्बोधन गर्न समेत भ्याएका थिए । आज एमालले काठमाडौँको दरबारमार्गमा जागरण सभा भनेर नाम दिएर सभा गरेपनि एमालेले शक्ति प्रदर्शन गरेको आम मानिसको धारण रहेको छ । नेकपा एमाले को आजको नारा काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने उखान जस्तै भएको छ,भन्दा फरक नपर्ला किनभने उसको भनाई लोकतन्त्र सामाजिक सद्धभाव र एकता पक्षमा जागारण सभा रहेको थियो तर यी कुनै पनि कुराको भाव देखिएन बरु एमालेले सरकार बाहिर रहेका दल र व्यक्तिहरु विरुद्धको आफ्नो भडास पोखेको छ । एमाले सरकारले सडकमा गरेको जागारण सभामा आक्रोश व्यक्त गरेका प्रमुख पात्रहरु माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड,रास्वपा सभापति रवि लामिछाने,प्राधिकरणका निर्देशक कुलमान घिसिङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँका विरुद्ध एमालले सडक बाटै आफना विरुद्धका सबै जवाफ फर्काएको छ ।
पुष्प कमल दाहाल प्रचण्ड
केहीँ समय अघि सम्म सँगै सहकार्य गरेका एमाले र माओवादी अहिले दुई कित्तामा विभाजन भए लगत्तै आरोप प्रत्यारोपमा उत्रिएका छन् । केहीँ समय अघि पनि माओवादी सडकमा आएको थियो,त्यतिबेला पनि माओवादीले सरकारलाई विभिन्न आरोप लगाएको थियो । माओवादीका नेताहरूले सरकार भ्रष्टहरूको रहेको,कमिसनखोरहरुको रहेको र भ्रष्टाचार गर्न नयाँ गठबन्धन बनेको भन्दै आरोपहरु लगाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले दिएका अभिव्यक्तिमा जबाफ फर्काएका छन् । माओवादी अध्यक्ष दाहालले केही समयअघि प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको आरोप लगाएका थिए । उनले भनेका छन्,‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं । कतिले के–केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो..! कस्तो हुन्छ परिपक्व भनेको ? कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन!,’ प्रधानमन्त्री ओलीले भनेका थिए । उनले चीन भ्रमण अत्यन्त सफल हुने बताए। प्रधानमन्त्री ओलीले मंसिर १७ गतेबाट चीनको औपचारिक भ्रमण गर्दैछन्।
रवि लामिछाने
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि प्रति लक्षित गदैँ अहिलेको सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताएका हुन । उनले भनेका छन् ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन ।
कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।’ साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर लक्षित गर्दै भने, ‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’ आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको उनले बताएका छन् ।
कुलमान घिसिङ
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले टीओडी (टाइम अफ डे) मिटरका आधारमा महसुल उठाउन छाडेर उद्योगीको लाइन काटेको भन्दै विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध आक्रोश व्यक्त गरेका छन् । शुक्रबार सत्तारूढ दल नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले घिसिङको नाम नलिई उद्योगहरू ध्वस्त पारेको आरोप समेत उनले लगाएका छन् । उनले भनेका छन् ’निर्यात चौपट बनाइदिने, उत्पादन खतम हुने अवस्था निम्त्याइएको छ,’ ’सरकारले टीओडी मिटरअनुसार समयमै शुल्क उठाउ भनेको छ । त्यो गर्न छाडेर लाइन काट्न हिँड्ने ?’भन्दै उनले प्रश्न समेत गरेका छन् ।
उनले विद्युत् महसुल आयोगले जे भनेको छ त्यसअनुसार गर्न र लाल आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताएका छन् । ’दैनिक खपत गरेको मिटर अनुसार पैसा उठाऊ भनेको छ,’ उनले भने, ’लाल आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने, महसुल आयोगले जे भनेको छ त्यो नगर्ने ? अनि उद्योगको लाइन काट्ने ? मजदुरलाई बेरोजगार बनाउने ?’
दुर्गा प्रसाईँ
यस्तै काठमाडौंको दरबारमार्गमा शुक्रबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई आरोप लगाउनेहरूलाई बहसका लागि चुनौती दिएका छन् । उनले दुर्गा प्रसाईँ लाई लक्षित गरेरै भनेका छन् ’म कमिसनखोरी गर्न, भ्रष्टाचार गर्न, आफ्ना मान्छे पोस्न, आफ्ना मान्छे भर्ती गरेर अकुत सम्पत्ति थुपार्न प्रधानमन्त्री भएको होइन,’विभिन्न पार्टीका नेताहरूलाई भन्न चाहन्छु, तपाईंहरू औंला ठड्याएर बोलिरहनुभएको छ, बहसमा बस्न सक्नुहुन्छ ? म चुनौती दिन चाहन्छु ।’ उनले कम्बोडियाको टेलिकम कम्पनीमा आफ्नो लगानी रहेको भनेर गरिएको प्रचारको पनि प्रतिवाद गरका छन् । ’कम्बोडियामा ३२ हजार करोड छ भनेर भन्दिए त भो, तपाईंहरू हेर्न जान सक्नुहुँदैन,’ ओलीले भने, ’भन्न त अमेरिकाको बैंकमा रहेको आधा पैसा मेरै हो भन्दिए पनि भो ।’ उनले थपे, ’कम्बोडिया ४ घण्टामै पुगिन्छ । यहाँबाट थाइल्यान्ड अनि त्यहाँबाट ५०÷५५ मिनेटमा कम्बोडिया पुगिन्छ । त्यो देशको टेलिकममा कसले लगानी गरेको छ भन्ने सिधै थाहा हुँदैन ? जसले यस्ता कुराहरू फैलाएर हिँड्छ, त्यस्ता कुरालाई नियन्त्रण गर्नुपर्ने अवस्था आउँछ । त्यस दिशातर्फ सरकार जान्छ । केही मान्छे नाङ्लो ठटाएर हात्ती तर्साउन खोजिरहेका छन् ।’ देशलाई सुशासन दिनु छ । गरिबीबाट मुक्त गर्नुछ । हाम्रो ध्यान त्यहाँ छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209