Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज एनपिएलको शुभारम्भ हुँदै,उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

आज एनपिएलको शुभारम्भ हुँदै,उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौँ । देश तथा बिदेशमा चर्चा कमाएको नेपाल प्रिमियर लिग (एनपिएल) आज बाट सुरू हुँदैछ । काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज (एनपीएल) को भव्य शुभारम्भ हुँदैछ । देश तथा बिदेशमा समेत निकै उत्साहाको रुपमा हेरिएको उक्त खेललाई एउटा महोत्सबको रुपमा समेत हेरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । आठ फ्रेन्चाइज टोली सम्मिलित एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आज भिड्दैछन् । आज विराटनगरको कप्तानी सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिलकुमार शाहले गर्नेछन् । उक्त खेल कीर्तिपुरस्थित त्रिवि मैदानमासवा १२ बजेदेखि सुरू हुने भएको छ । एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कबाट हुनेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ ।

नेपालमा डिजिटल स्कोरबोर्डको प्रयोग पनि पहिलोपटक यही एनपिएलबाट सुरू हुँदैछ । एनपिएलका लागि त्रिवि मैदानमा प्यारापिट निर्माणदेखि मैदान मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ । कुल ३२ खेल हुने एनपिएलको समापन ६ पुसमा हुनेछ । उद्घाटन खेल हेर्न त्रिवि मैदानमा दस हजारभन्दा बढी क्रिकेटप्रेमीहरूको उपस्थिती रहनेछ ।