Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई ७३ रनले हरायो

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई ७३ रनले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले यो खेल जिते सँगै लगातार दोस्रो जित दर्ता गरेको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएन सफल भएको छ । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट भएको थियो । युवा स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि काठमाडौंले ७३ रनको फराकिलो अन्तरले हारे बेहोरेको हो ।

प्रतियोगितामा पाँच विकेट लिने नरेन दोस्रो बलर हुन् । यसअघि चितवन राइनोजका पाकिस्तानी फास्ट बलर सोहल तनवीरले काठमाडौंविरुद्ध नै पाँच विकेट लिएका थिए । आजको खेलमा काठमाडौंले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सुदुरपश्चिमले ब्रान्डन म्याकमुलनको अर्धसतक र कप्तान दिपेन्द्र सिंह ऐरीको ४३ रन मद्दतमा १६७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ आएको काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै जोड्न सकेको थियो । काठमाडौंका स्टेफन स्किनाजीले ३७ रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका सुदुरपश्चिमका नरेनले ३.५ ओभरमा १९ रन मात्रै खर्चेर ५ विकेट लिएका हुन भने अविनाश बोहराले दुई विकेट लिएका थिए ।