Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको दोस्रो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । आज भएको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । बिराटनगरको आजको जितले चितवन राइनोजको प्लेअफ यात्रामा धने धक्का लाग्न पुगेको छ । आज शुक्रबारको दोस्रो खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गर्दै एनपीएलमा दोस्रो जित निकाल्न सफल भएको हो ।

किर्तिपुर स्थित त्रिबि मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा चितवनले ६ विकेट गुमाएर १३० रन मात्रै बनाएको थियो । विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरेका थिए उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहेका थिए । त्यसछि लक्ष्य पच्छाउने क्रममा जवाफी ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १३० रन मात्रै बनाएको हो । चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाएका थिए । यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक–एक विकेट हात पारेका थिए ।

शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ । विराटनगरले दुई खेलमा जित र चार खेलमा हार भोगेको छ। विराटनगरले एनपीएलको आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग खेल्ने भएको छ । यता विराटनगरसँगको हारले चितवनको प्लेअफ यात्रामा भने धक्का पुगेको छ।