काठमाडौँ । एनपीएल नेपाल प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुने भएका छन् । आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाण्डौ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स बिच खेल हुने भएको छ ।
जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ । काठमाण्डौ ५ खेलमा ४ अङ्कसहित छैटौं तथा समान अङ्कसहित पोखरा सातौं स्थानमा रहेको छ ।