काठमाडौँ । एनपीएल मा आज पहिलो खेलमा बिहान नौ बजे विराटनगर किङ्ग्स र काठमाण्डौ गुर्खाज खेल्ने भएका छन् भने दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्स खेल्दैछन् । जारी एनपीएल मा आज पनि २ खेल हुदै छन ।
आज हुने पहिलो खेलमा काठमाण्डौ विराटनगरसँग पराजित भएमा प्लेअफमा पुग्ने बाँकी तीन टोलीको टुङ्गो लाग्नेछ । तर काठमाण्डौ राम्रो अन्तरमा विजयी भएमा प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी सबै खेलको नतिजा कुर्नुपर्ने देखिन्छ । ८ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ भने लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् ।
अब हुने लिग चरणका तीनवटा खेलले प्ले अफमा पुग्ने तीनवटा टोलीको टुङ्गो लगाउनेछ । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ, सुदूरपश्चिम र कर्णाली गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ । प्ले अफ होडमा सबैभन्दा बढी दबाबमा काठमाण्डौ छ ।