Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालमा महिला राजनितिज्ञ बिरुद्धको अनलाईन हिंसा बढ्दै,आरजु,तोषिमा,सुमना लगायतलाई बढी टार्गेट

नेपालमा महिला राजनितिज्ञ बिरुद्धको अनलाईन हिंसा बढ्दै,आरजु,तोषिमा,सुमना लगायतलाई बढी टार्गेट

काठमाडौँ । नेपालमा महिला राजनितिज्ञ बिरुद्धको अनलाईन हिंसा बढ्दै गएको एक प्रतिबेदनले देखाएको छ । ओपन नेपाल इनिसिएटिभ (ओएनआई)ले आइतबार सार्वजनिक गरेको प्रतिबेदनमा नेपाली महिला राजनितिज्ञहरु बिरुद्धको हिंसा डरलाग्दो रुपमा बढेको देखाएको छ ।

यसरी भैरहेको हिंसाले नेपाली नेतृमाथि हुने अनलाइन हिंसाले लोकतान्त्रिक सहभागितालाई कमजोर बनाइरहेको समेत उसले जिकिर गरेको छ ।

अगस्ट २०२४ देखि अक्टोबर २०२४ सम्म अर्थात ३ महिनाको अवधिमा अनलाइन हिंसाको घटना उल्लेखनीय रूपमा बढेको देखाएको छ । अगस्टमा २४ घटना, सेप्टेम्बरमा ३५ घटना र अक्टोबरमा ४४ घटना दर्ता भएका थिए । सबै घटनामध्ये औसतमा ६१.७१ प्रतिशतभन्दा बढी अपमानजनक तथा घृणास्पद अभिव्यक्ति रहेका छन् । पछिल्लो समयमा सबैभन्दा बढी ट्वीटर र फेसबुक यस्ता अनलाइन हिंसा गर्न बढी प्रयोग गरेको समेत उक्त प्रतिबेदनमा भनिएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालको निकै दुरुपयोग भैरहेको देखिन्छ ।

सामाजिक सञ्जालहरूमा अर्काको नाममा खाता खोल्ने सुविधा र व्यापक पहुँचताका कारण त्यस्ता सन्जाल प्रयोगकर्ताले महिला राजनीतिज्ञहरूविरुद्ध गलत सूचना फैलाउने र घृणास्पद अभिव्यक्तिे गरेका छन । सार्वजनिक प्रतिवेदनमा हालकी परराष्ट्रमन्त्री आरजु राणा एमाले सांसद सुनीता बराल, रास्वपा सांसद सुमना श्रेष्ठ र तोशिमा कार्की लक्षित अनलाइन हिंसा धेरै देखिएको सार्वजनिक प्रतिबेदनमा भनिएको छ ।

रास्वपाकी नेता तोषिमा कार्कीले अक्टोबर महिनामा २३ ओटा, त्यस्तै सुमना श्रेष्ठले सोही अवधिमा १२ र आर्जु राणा देउबाले सामाजिक सञ्जालमा ९ ओटा अपमानजनक घटनाको सामना गर्नु परेको प्रतिबेदनमा बताइएको छ । प्रतिवेदन अनुसार पूर्व स्वास्थ्यमन्त्री कार्कीले विपद् पूर्वतयारी र भ्रष्टाचारको आरोपलाई सम्बोधन गर्ने पक्षमा वकालत गर्दा सबैभन्दा बढी दुर्ब्यबहारको सामना गर्नु परÞ्यो । यस्तै पूर्व शिक्षामन्त्री श्रेष्ठले आफ्नो पार्टीका नेता रवि लामिछानेमाथि लागेको आरोपबाट जोगाउन गरेका पोस्टका कारण निरन्तर अनलाइन हिंसाको सामना गर्नुपरÞ्यो । परराष्ट्रमन्त्रीका रूपमा देउवालाई कुटनीतिक उपलब्धिका बावजुद पनि सञ्जाल प्रयोगकर्ताले उनलाई महिलाद्वेषी टिप्पणी र भ्रष्टाचारको आरोप लगाएका छन ।

 

अनि एमाले सांसद बरालले चरित्रहत्या समेत सहनु परेको प्रतिबेदनमा भनिएको छ । यो प्रतिवेदनले नेपालको राजनीतिक क्षेत्रमा लैङ्गिक–आधारित अनलाइन हिंसाको चिन्ताजनक प्रवृत्तिलाई प्रकाश पारेको छ । प्रतिवेदनको निष्कर्षले अनलाइन प्लेटफर्महरू खास गरी नेपाली राजनीतिकर्मी महिलाहरूको आवाज दबाउन प्रयोग भएको बताएको छ । द ओपन नेपाल इनिसिएटिभ लोकतन्त्र र विधिको शासनको सुदृढीकरणका लागि समर्पित काठमाडौंस्थित गैरनाफामूलक संस्था हो ।

https://www.facebook.com/laligurashmedia/videos/1247483969868968