Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एनपीएलमा आज २ खेल हुँदै, चितवन राइनोज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज २ खेल हुँदै, चितवन राइनोज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौँ । जारी (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई खेल हुँदैछन् ।

पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स खेल्नेछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

यस्तै आजको दोस्रो खेल दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले प्लेअफको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । दोस्रो क्वालिफायर खेल भोलि दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।