काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तिम चरणमा पुगेको छ । गत मंसिर १५ गते बाट सुरु भएको उक्त प्रतियोगीता यहीँ पुस ६ गते भोली सकिदै छ । ८ ओटा फ्रेन्चाईज टोली सम्मेलित उक्त प्रतियोगिताको चर्चा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निकै भयो यसमा समावेश भएका बिदेशी देखी यसको प्रत्यक्ष प्रशारणले समेत यसको गरिमा बढाउन ठुलो सहयोग गर्यो भने यता यसको ट्रफीलाई लिएर पनि चर्चा ज्यादै भयो ।
यसको फाइनल खेल भोली हुने छ । यो खेलमा सुरुदेखि ट्रफी दाबेदारी मानिएका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा भिड्दै छन । त्रिवि क्रिकेट मैदानमा बिहीबार जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो । समूह चरण र प्लेअफमा सुदूरपश्चिमसँग जनकपुर पराजित भएको थियो । समूह चरणमा सुदूरपश्चिमसँग ७२ रन तथा प्लेअफमा आठ विकेटले जनकपुर स्तब्ध भएको थियो । एनपिएलको उपाधि भिडन्तमा भोली जनकपुर र सुदूरपश्चिम खेल्दै छन तपाई कसको समर्थनमा हुनुहुन्छ ? कमेन्ट गर्नुहोस ।
हिजको खेल हाँदै कर्णालीले फाइनलमा स्थान बनाउने मौका गुमाएको छ । पहिलो इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा जनकपुरविरुद्धको समीकरण तयार पारेको थियो । निकै राम्रो प्रर्दशन गरेको कणार्लीको उपाधी चुम्ने सपनामा यो पटक भने पुरा भएन । जनकपुर र कर्णालीबिचको खेल निकै रोचक बनेको थियो । पराजित हुने टोलीको एनपिएल यात्रा समाप्त हुने थियो । विजेता टोली उपाधिनजिक पुग्ने थियो । यसकारण दोस्रो क्लालिफायरमा दुवै टोलीका खेलाडीले राम्रो खेलेका थिए । तर,उक्त खेलमा कर्णालीले हार्न पुगेर बाहिरीएको छ ।
अब भोली त्रि बी मैदानमा हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । यता एनपीएलको फाइनल खेलको टिकट सोड आउट भएको छ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार हुने फाइनल खेलको टिकट खुलेको केही घण्टामै सोल्ड आउट भएको एनपीएलको अफिसियल पार्टनर खल्तीले जानकारी दिएको छ ।
टीयूको कूल क्षमता १२ हजार रहेकोमा नर्मल र भीआईपीतर्फ सबै टिकट बिक्री भइसकेको हो। फाइनलका लागि एनपीएलले सामान्यतर्फ पाँच सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकेको थियो। यसपटक क्यानले दर्शकहरूको सुविधाका लागि जोन छुट्याएर टिकट बिक्री गरेको थियो। बिहीबार साँझ क्यानले टिकट बिक्री खुला गरेकोमा केही घण्टामै सोल्ड आउट भयो।बिहीबार साँझ नै खल्तीले एक पोस्ट गर्दै मैदानमा फिजिकल टिकट नबेचिने भन्दै अनलाइन टिकट नकाटेका दर्शकलाई घरमै टेलिभिजनमा खेल हेर्न आग्रह गरेको छ।