जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच नेपाल प्रिमियर लिग क्रिकेटको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकलाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरले खेल जिति सकेपछि यो घटना भएको थियो । धेरैले सुदुरपश्चिम रोयल्सले जित्ने दाबी गररेका थिए ।तर, त्यो दिन सुदुरपश्चिम खासै जम्म सकेन त्यसको फाइदा जनकपुरले उठाएको थियो ।
निकै बलियो प्रतिदोन्दी मानिउको सुदुरपश्चिमले नराम्रो संग हार बेहोरे पछि समर्थकका बिचमा मनमुटाब सुरु भएको थियो । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए । कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । पक्राउ पर्नेमा अशोक साउद र गणेश साउद छन् । जनकपुर बोल्ट्सका समर्थक अमन कुमारलाई नश्लिय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । युवकमाथि भएको कुटपिट घटनाबारे प्रहरीले छानबिन थालेको छ । काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकरीका अनुसार कुटपिटबाट घाइते भएका युवको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ । मैदानमा गेम सकिएलगत्तै जनकपुर बोल्ट्सका समर्थक रहेका उनीमाथि अन्य टिमका समर्थकले सांघातिक आक्रमण गरेको आरोप छ । साथै अन्य टिमका समर्थकले उनलाई जनकपुर बोल्ट्सका ‘मधेशी’ समर्थक भनेर नश्लीय साम्प्रदायिक व्यवहार गरेको आरोप छ । दरबार हाइस्कुलमा १२ कक्षामा अध्ययनरत उक्त युवकको वीर अस्पतालमा उपचार भइरहेको छ ।
यता, अन्य समर्थकको भिडले कुटपिट र लछारपछारका कारण युवकको दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी समेत परेको छ । यो बिषयाम राजनितस्ीक दल पनि गम्भिर भएका छन् । मैदानमा सुदुरपश्चिमका फ्यानहरुले जनकपुरका फ्यानहरुलाई दुरव्यवहार गरेका भिडीयोहरु टिकटक लगायतका सामाजिक संजालमा छरपष्ट भएका थिए । मैदान भित्र बिभिन्न जोनहरुमा र बाहिर पनि खेल अबधिमा दर्शकहरु धकेला धकेल पनि गरेका थिए । सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।
उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पायो । यस्तै उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा पाएको छ । तेस्रो स्थान हात पारेको कर्णाली याक्सले २५ लाख र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड पाएको छ । एनपियल यसपटक निके अविश्मरणीय समेत बनेको छ । नेपाली ईतिहासको सबै भन्दा ाम्रो खेल पनि भएाके थियो । विश्वले नेपाली क्रिकेटका समर्थकको तारिफ गरिरहेको बेला भएको यस्तो घटनाले भने निकै लज्जित बनाएको छ । एकले अर्काेलाई समर्थन गर्नु पर्नेमा भुगोल र संस्कृति र जातियतालाई कारण बनाएर मनमुटाब गर्नु पक्कै पनि राम्रो बिषय भने होइन ।