Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सन्दीप लामिछानेले अब क्रिकेट नखेल्ने !गरे यस्तो संकेत

सन्दीप लामिछानेले अब क्रिकेट नखेल्ने !गरे यस्तो संकेत

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पुर्व कप्तान समेत रहेका सन्दीप लामिछानेले सामाजिक सञ्जालमा लेखेको स्टाटसले यतिबेला सामाजिक सञ्जाल सँगै खेल क्षेत्र नै यतिबेला तरंगीत बनेको छ । उनको यो स्टाटसलाई लिएर यतिबेला उनले क्रिकेट बाटै सन्यास लिन लागेकै हुन त भनेर धेरैले शंका उपशंका व्यक्त गरिरहेका छन । गएराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले लेखेका छन, धन्यवाद, सबैलाई, सबै कुराको लागि । यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै छन् ।

तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ । शब्द भन्दा बाहिर कृतज्ञ । किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिनसक्ने आशय व्यक्त गरेका छन् ।  उनको यो स्टाटसले यतिबेला सामाजिक सञ्जालमा तरंगीत बनेको छ भने खेल क्षेत्र समेत यतिबेला तातेको छ । यो स्टाटसलाई सामान्य रूपले लिने मान्छे एकतर्फ रहँदा लाखौंको मनमा भने कौतुहलता पनि ल्याएको छ ।

सन्दीपले केही ठुलो निर्णय लिन लागे कि भनेर । कतिले सन्यासको संकेत भएको समेत टिप्पणी गरेका छन् ।  सन्दीप नेपाली राष्ट्रिय टीमका एक अनुभवि सदस्य र पूर्वकप्तानसमेत हुन् । बलात्कारको मुद्दा लागेपछि सन्दीप लामो समय बाहिर बसेका थिए । उनले हालै सम्पन्न भएको जय ट्रफीमा समेत औसत प्रर्दशन गरेका थिए ।

https://www.facebook.com/share/p/15snViAEiT/