Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सन्दीप लामिछाने माथि क्यानको कारवाही,कारवाही गर्नुको कारण यस्तो

सन्दीप लामिछाने माथि क्यानको कारवाही,कारवाही गर्नुको कारण यस्तो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन् । पछिल्लोसमयमा सन्दिपले सामाजीक सञ्जालमा असन्तुष्टि जनाए पछि तनाव उत्पन्न भएको छ ।

उनले अम्पायर बिरुद्ध अभिव्यक्ति दिए पछि तरङग पैदा भएको छ । त्यस बिषयलाई लिएर क्यानले सन्दिपलाई एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको बुझिएको छ । खासमा भन्ने हो भने क्यान र सन्दिपको मनमुटाबको जड भनेको जय ट्रफी एलिट कपबाट भएको हो । उक्त प्रतियोगितामा बागमती प्रदेशका टीम कप्तान थिए सन्दीप । प्रतियोगिताको चौथो खेल बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच गत पुस २४–२५ मा भएको थियो ।

दोस्रो दिनको खेल बराबरीमा सकिएपछि सन्दीपले अम्पायरसँग ‘प्रोटेस्ट’ गरेका थिए । अम्पायरले खेल समाप्तिको घोषणा गरेसँगै सन्दीप मैदानबाहिरबाट आएर अम्पायरसँग आक्रोश पोखेका थिइ । त्यस लगतै सन्दिपले सामाजीक सञ्जालबाटै आपत्ति जनाएका थिए । अम्पायरका कारण खेलाडीहरुले दुख पाएको उनको भनाई थियो । पछिल्लो समय सन्दिपले निरासाजनक अभिब्यक्ति पनि सार्वजनीक गरेका थिए । त्यस पश्चात उनले नेपाली क्रिकेटबाट सन्यास लिने धेरैको आशंका थियो । तर, क्यान संगको चिसीएको सम्बन्धका कारण उनको लगातार स्ट्याटस आएको बुझिएको छ ।

त्यस पछि जय ट्रफी एलिट कपकै बिषयमा क्यानले उनीमाथी स्पष्टिकरण सोधेको हो ।सन्दीपले अब क्यानले आयोजना गर्ने कुनै प्रतियोगितामध्ये एक खेल खेल्न पाउने छैनन् । सोही विषयमा उनीसँग स्पष्टीकरण पनि सोधिएको छ । लामो समय क्रिकेटबाट अलग्एिका सन्दिपको खेलको लय बल्ल सुरु भएको हो । बलात्कारको मुद्धा लागेपछि उनी निलम्बनमा परेका थिए । जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेका सन्दिप उच्च अदालत पाटन गए पछि सफाई पाएका थिए । त्यस पछि क्यानले उनको निलम्बन फुकुवा गरेको थियो । क्यानले फुकुवा गरे संगै सन्दिपले विश्वकप पनि खेलेका थिए ।

क्यान सचिव पारस खड्काले सन्दीपलाई गत शुक्रबार इमेल पठाएर कारवाहीको निर्णयबारे जानकारी गराउनुका साथै स्पष्टीकरण पनि सोधेका थिए । राष्ट्रिय खेलाडीले सार्वजनिक प्लेटफर्मममा नै यसरी असन्तुष्टि पोख्नु अनुशासनविपरीतको क्रियाकलाप भएको र यसले अन्तर्राष्ट्रिय समूदायमा समेत नकारात्मक सन्देश जाने भन्दै क्यानले गम्भीररूपमा लिएको बताइएको छ । यस विषयमा क्यानको टेक्निकल कमिटीले सन्दीपसँग स्पष्टीकरण समेत सोधेको स्रोतको भनाइ छ । क्यानको टेक्निकल कमिटी प्रमुख अम्पायर विनयकुमार झा नै हुन्, जोसँग सन्दीपले विवाद गरेका थिए । उनले सो विषयमा क्यानमा रिपोर्टसमेत गरेको बुझिएको छ । यस पश्चात सन्दिपले अहिले केहि प्रतिकृया दिएका छैनन् ।