Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालमा सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राम लगायतका सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाइने

नेपालमा सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राम लगायतका सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाइने

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल फेसबुक र इन्टाग्राम लगायतका सञ्जाल दर्ता नभए प्रतिबन्ध लगाइने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चेतावनी दिएका छन । अब नेपालमा कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएको खण्डमा प्रतिबन्ध लगाइने समेत उनले बताएका छन ।

उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताएका छन । उनले मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेस गरिएको बताएका हुन ।

मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताए । देशको बारेमा मनपरी भन्न पाउने कुरा नै लोकतन्त्र हो भनेर कसैले भने त्यो स्वीकार्य नहुने बताए । जनताको सूसुचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सरकार सचेत रहेको उनको भनाइ छ ।