Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र म्यानमार भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र म्यानमार भिड्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारले लिग चरणको अन्तिम खेल खेल्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुने भएको छ। अन्तिम खेल अघि नै नेपाल र म्यानमार दुबै टोली फाइनलमा प्रवेश गरिसकेका छन् ।

आजको खेललाई दुबै टोलीले कमजोरी सुधार्ने मौकाको रुपमा लिएका छन् । आज म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै नेपालले फाइनल खेल्ने छ ।