लालीगुराँस डटकम । लालीगुराँस डटकम आज औपचारिक रुपमा ९ बर्ष पुरा भई १० औ बर्षमा प्रवेश गरेको छ । सुचनाको हकको दायरालाई अझै फराकिलो बनाउदै समग्र आवाज बिहिनहरुको आवाज बन्दै डिजिटल युगमा प्रवेश गरेका छौ । समाचार पढ्न र हेर्नको लागि सबैभन्दा प्रभाबकारी माध्यम बन्न पाउदा हाम्रो लालीगुराँस डटकम परिवार हर्सित छ।समाजमा घटेका घटनाहरुलाई सुचनाको रुपमा एउटा सामान्य व्यक्तिले पनि हाम्रा प्रकाशित सामाग्रीहरुलाइ सहजै हेर्न सकेका छन् ।
दुरदराजका आवाज,भ्रष्टाचार बेतिथी बिरुद्ध सधै बोलिरहेका छौ र सधै बोलिरहनेछौ।मिडियाले खेल्ने भूमिकाको आडमा बसेरै सुचना दिने हाम्रो दाइत्व जारि छ।सुरुवाती समयमा एउटा सानो टिमको रुपमा जन्म लिएको यस सस्थाले अहिले आफ्नो टिमलाइ थप मजबुद बनाउदै देशभर सम्बाददाता राख्न देखि सुचनाको पहुच बढाउन सम्म सफल भएको छ।सस्थाले ९ औ बर्ष पुरा गर्दै गर्दा लालीगुराँस मिडिया नेटवर्कका अध्यक्ष कमल सरगम चौलागाईंले दर्शक,श्रोता, पाठक, शुभचिन्तक तथा बिज्ञापन दाताप्रति आभार व्यक्त गरेका छन।सस्थापक अध्यक्ष समेत रहेका सरगमले सुचनाको पहुचालाइ अझै बिस्तार गर्ने र दुरदरजाको आवाज बोल्ने माध्यम लालीगुराँस डटकम बन्ने विश्वास ब्यक्त गरेका छन ।
त्यस्तै सस्थाका निर्देशक नेत्र बहादुर चौलागाईं सस्थाको बार्षिक उत्सबको अवसरमा सुभकामना संदेश दिदै डिजिटल युगमा फड्को मार्न सफल भएकोमा खुसि व्यक्त गरेका छन।एआइको युगलाई समेत ध्यानमा दिएर अझै सस्थाले नया कार्यक्रमहरु निर्माण गर्दै परिष्कृत हुने बताएका छन।लालीगुराँस डटकमले दैनिक बुलेटिनलाइ बिशेष स्थान दिएको छ।दिनभरीको खबरलाइ छोटो तर प्रभाबकारी रुपमा समेट्न दिनभरिको हाइलाइटलाइ जोड दिएको छ भने दैनिक रुपमा राजनीतिक,सामाजिक आर्थिक बहस लाइ बिशेष प्राथमिकता दिदै दैनिकी बहस “हाम्रो प्रश्न“ पनि प्रशारण गर्दै आएको यहाहरुलाई जगजाहेरनै छ।छिटो र छरिटो सुचनाको रुपमा सर्ट न्युजलाइ बिशेष स्थान दिएको छ ।
देश संघियतामा गएसंगै घर आगनमै जोडिएका सिंहदरबार प्रदेश तथा संघिय कार्यालय ,सरकारी तथा गैरसरकारी सस्थाहरुले गरेका कामको निरन्तर निगरानी गर्ने माध्यम लालीगुराँस बनेकै कारण सबैको रोजाईको माध्यम बन्दै अगाडी बढेको छ।सूचना दिने क्रममा सबै सुचना अटाउन नसकिएको पक्कै छ,यसलाई ध्यान दिदै आगामी समयमा अझै बृहत ,अध्यन र खोज गरि समाचारलाइ थप परिष्कृत गर्ने बाचा गर्दछौ ।स्थापना कालदेखि साथ् दिने दर्शक श्रोता,सुभचिन्तक तथा बिज्ञापनदाताहरुमा हार्दिक आभार प्रकट गर्दछौ ।