Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता सम्पन्न, काठमाडौं टिम च्याम्पियन

काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता सम्पन्न, काठमाडौं टिम च्याम्पियन

काठमाडौं । वागमती प्रदेश काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि जितेको छ।

दुई दिनसम्म चलेको प्रतियोगितामा ९२ पुरुष र ८० महिला खेलाडीसहित १७ स्पर्धामा ९०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगितामा काठमाडौंले ४ स्वर्ण, ३ रजत पदक जित्दै पहिलो स्थान हासिल गर्‍यो। भक्तपुर र चितवनले समान २ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेका थिए। गोला प्रणालीका आधारमा चितवन दोस्रो र भक्तपुर तेस्रो स्थानमा रहे।

प्रतियोगिताको समापन समारोहमा विजेता खेलाडी तथा टिमलाई वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, वागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामालगायतले पदक तथा ट्रफी प्रदान गरे।

यस प्रतियोगिताको उद्घाटन सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार काफ्लेले एक समारोहबीच गरेका थिए। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजक नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको उल्लेखनीय भूमिका रहेको थियो।