Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दै

वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दै

काठमाडौँ । वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्यो ।

नेपालले अस्ति शुक्रवार भएको लिगको अन्तिम खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो । नेपालले आज हङकङसँग तेस्रो स्थानको प्लेअफका लागि खेल्न लागेको हो । खेल दिउँसो पौने १ बजे शुरु हुनेछ ।

आजै घरेलु टोली युगान्डा र नामिबियाले फाइनल खेल्दैछन् । लिग चरणमा आयोजक युगान्डाले छ मध्ये चार र नामिबियाले तीन खेल जितेका थिए । फाइनल खेल बेलुका पौने ५ बजे शुरु हुनेछ