काठमाण्डौं चैत ३० । गायक तथा चर्चित कार्यक्रम सञ्चालक सञ्जय देवकोटाले १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड हात पारेका छन ।
काठमाण्डौ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवाड समारोहमा आफ्नो पहिलो गीत “कुरा बुझ्देउ न“बाट गायक देवकोटाले अवार्ड हात पारेका हुन । देवकोटाले जुरी अवार्ड गायनतर्फ प्राप्त गरेका थिए । कुरा बुझ्देउ न गीतमा सञ्जय देवकोटालाई गायिका एलिना चौहानले गायनमा साथ दिएकी छन ।
गीतमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, गायक स्वयं सञ्जय देवकोटा, मोडल सञ्चिता बोलाखे र प्रिन्सिका श्रेष्ठको अभिनय रहेको छ । गीतमा श्रीधर अधिकारीको शब्द, संगीत रहेको छ। गीतलाई डिटिएम मिडियाले बजारमा ल्याएको हो।
सञ्जयले यसअघि पनि “चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड“ मार्फत् नवगायकको अवार्ड हात पार्न सफल भएका थिए । गायक देवकोटाले आफ्नो जन्मदिनकै दिन बिन्दबासिनी म्युजिक अवार्ड प्राप्त गरेको भन्दै सामाजिक सञ्जालमा सबैमाझ खुसी ब्यक्त गर्दै लेखका छन यस अवार्डले मलाई केवल ट्रफी हैन, आत्मा छुने प्रेरणा दिएको छ।सङ्गीत मेरो श्वास हो , अब यस यात्रालाई अझै गहिरो आत्मीयता रसमर्पणसहित अगाडि बढाउने प्रण गर्दछु।जुरहरूको माया, साथ र आशीर्वादले नै आजको म बनेको हुँ, र यही साथले म भोलिको अझ राम्रो सिर्जना दिन सक्छु भन्ने विश्वास बोकेको छु। सपना देख्ने आँखा सबैसँग हुन्छन्, तर ती सपना पुरा हुने क्षण, जीवनकै ऐतिहासिक बन्दो रहेछ।यसै वर्षको सुरूआतमा ‘कुरा बुझ्देउन’ गीत गाएर सुरू भएको मेरो सङ्गीतिक यात्रा,आज यस्तो एक अविश्वसनीय मोडमा आइपुगेको छ , जहाँ म स्वयं अवाक्य छु। उनले आफनो सामाजिक सञ्जालमा लेखेका छन ।