Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीलाइ फापेना ८१ साल,रबि थुन्ने देखि कुलमान हटाउनेसम्म गर्दा जनताको बने भिलेन

ओलीलाइ फापेना ८१ साल,रबि थुन्ने देखि कुलमान हटाउनेसम्म गर्दा जनताको बने भिलेन

कुनै समय जनताको हिरो मानिएका प्रधानमन्त्री केपी शर्मा ओली २०८१मा किन बने जनताकै नजरमा भिलेन आज हामी यसै बिषयमा चर्चा गर्नेछौ।

२०७२ सालमा तत्कालिन हालकै प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा थिए। जुन बेला ओलीको हरेक बोलि जनताले मन पराउने गर्थे,उनको भाषण सुन्न टाढा टाढाबाट घन्टौ लगाएर पुग्थे तर आज त्यो अबस्था रहेन। सो समयमा गरेको दुई निर्णयले जनताले ओलीलाइ असाद्धै माया गरका थिए। पहिलो निर्णय भारतले नाकाबन्दी गर्दा पनि नाझुक्दा ओलीको लोकप्रियता ह्वात्तै बढेको थियो भने दोश्रोमा उनले चुच्चे नक्सा नेपालको नक्सामा गाब्दा झन् उनि राष्ट्रका असल पुत्रको रुपमा परिचितनै भए तर एकाएक उनको लोकप्रीयता यसरी खस्कियोकि संगै हिडेका सहयात्री समेत टाढिएर हिडे।

देशकै ठुलो दल नेकपा समेत बनाएर सोहि पार्टीको अध्यक्ष बन्दै सरकार चलाएका ओलीले लगातार पार्टी देखि राज्यकै ढुकुटी सम्ममा हालीमुहाली गर्नले उनको ओरालो यात्रा तय भएको थियो। प्रचण्ड देखि माधब कुमार नेपाल सम्मले उनको साथ् छाडेर निस्किएपछि ओली निरन्तर ओरालो तिर लागे। त्यसपछि पनि ओलीको सत्ता मोह घट्न सकेन सोहि बिचमा दुई दुई पटक उनले संसद बिगठन गरेर झन् बिबाद झेल्न पुगेका थिए। उनको अलोकप्रिय निर्णयले पार्टी भित्रकै कार्यकर्ताले समेत मन पराउन छाडीसकेका थिए यसकै नतिजा बन्न पुग्यो तत्कालिन २०८९को निर्वाचन। पहिलो दल बनेको एमाले एकाएक दोश्रो दलमा झर्यो त्यति मात्रै हैन एमालेकै किल्लामा आफ्नो साख जोगाउन सकेन। एमालेले जितिरहेको क्षेत्रहरुमा रास्वपाले बाजी मारेपछि ओली निरन्तर रबि प्रतिनै खनिदै हिडे।

हरेक मन्चमा रविलाईनै गालि गरिरहन्थे। पछि ओलीले आफ्नै सरकारमा रबि लामिछानेलाई गृहमन्त्री बनाए,उनले दुई दुई पटक रविलाईनाइँ गृहमन्त्रालय छाडीदिएका थिए,प्रचण्डले समेत आफ्नो साथमा रविलाई लिएर हिडीरहदा उता ओली भने बिस्तारै चिडीन थाले। अन्तत ओलीले प्रचण्ड रबिकै सरकार ढालेर आफै प्रधानमन्त्री बन्न तिर लागे। देउवाको साथ् लिएर प्रधानमन्त्री बनेका ओलीको २०८१ सबै भन्दा खराब बर्ष बन्न पुगेको छ। जे काम गर्यो सोहि बिबादमा पर्ने देखि हरेक समय जनताको बिपक्षमा निर्णय गर्नाले अहिले उनि माथि सिंगो देशनै खनिएको छ। यही बिचमा सरकार ढल्ने सम्मको चर्चा चलिरहेको छ।

रबि लामिछानेलाई जेल पुर्याउने देखि कुलमान हटाउने र बालेनले हटाएको प्रमुख प्रशासकीय अधिकृतलाइनै जिम्मेवारी दिएर जबर्जस्ति कार्यलय छिराउने सम्मको निर्णयले उनि थप बिबादित बनेका हुन्। त्यति मात्रै हैन केन्द्रीय सरकार रहेकै ठाउँ काठमान्डौमा बाढी जादा समेत ओली सरकार निरह भएर बस्दा सर्वत्र बिबाद खेप्न पुगेको थियो।प्रधानमन्त्री ओली भने निरन्तर आफ्नो स्वार्थको लागि मात्रै काम गरिरहेका छन। कुलमान हटाएसंगै अहिले देशका बिभिन्न ठाउँमा अघोषित लोडसेडिङ हुदै आएको छ। ओलीले यस बिषयमा अहिले सम्म केहि बोलेका छैनन् बरु उल्टै उनले कुलमान भन्दा राम्रो कर्मचारी पाएको भन्दै खुसि व्यक्त गरेका छन।

चैत्र १५ गते भएको घटनामा समेत सरकार चुक्न पुगेको छ। ओलीले भने यो सुइकार्दैनन्। राजाबादीलेनै अराजकता देखाएको मात्रै बताउछन तर अहिले सरकारकै लाचारीले २ युवाको मृत्यु भएको बताईरहेका छन। दुर्गा प्रसाइले मच्च्याएको असराजकतालाइ उल्टो मलजल गरेको भन्दै धेरैले ओलीकै बिरोध गरिरहेका छन। ओली यही गतिले सरकार चलाउने हो भने झन् जनताको नजरमा गिर्दै जानेछन। उनीमाथि आम जनताको आसा थियो,ओलीको बोलीमा देखिएको त्यो पावर २०८१ भरि देखिएन।