Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

यू-१९ विश्वकपको एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुदै

यू-१९ विश्वकपको एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुदै

काठमाडौँ । आज १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा नेपाल र अफगानिस्तान खेल्ने भएका छन । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।

यो खेलको विजेता टोलीले जिम्बावे र नामिबियामा अर्को वर्ष हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् ।

नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो । यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो ।

अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपालभन्दा अफगानिस्तान अघि छ । यस्तोमा विश्वकपमा छनोट हुन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ । यसअघि नेपालले ८ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।