Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

राजावादी ७ नेताहरुको जम्काभेट निर्मल निवासमा,के के भयो त लन्च मिटिङमा कुाराकानी ?

राजावादी ७ नेताहरुको जम्काभेट निर्मल निवासमा,के के भयो त लन्च मिटिङमा कुाराकानी ?

काठमाडौँ । शुक्रवार मात्रै राप्रपाका नेता राजेन्द्र लिङदेन देखि ज्ञानेन्द्र शाही सम्मका नेताहरुले पुर्वराजा ज्ञानेन्द्र शाह सँग भेटवर्ता गरेको खबर बाहिर आएको छ । शुक्रवार मात्रै पुर्वराजा शाहले राप्रपाका ७ जना नेताहरुलाई बोलाएर निर्मल निवासमा लन्च मिटिङ गरेका बताइएको छ । राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए । राप्रपाका नेताहरुलाई पुर्वराजाले आफै बोलाएर समसामायिक बिषयमा छलफल गरका हुन । पछिल्लो समयमा राजावादी दल र संगठनहरु एकतावद्ध हुन नसकेको आरोप लागिरहेका बेला बिभिन्न नेताहरुले राजालाई भेटेको खबर बाहिर आएको हो ।

अहिले राजा ल्याउने भन्दै राप्रपाले बिभिन्न मितिमा आफना कार्यक्रमहरु समेत घोषण गरिसकेको छ । शुक्रवार भएको भेट्का क्रममा शाहले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको बताइएको छ ।

आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा थियो । जनमत वर्तमान गणतन्त्रविरुद्ध रहेको बुझाइका साथ आफूले फागुन ७ मा देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेको पूर्वराजाको भनाइ थियो । उनीहरु बिचमा पछिल्लो समयमा देशमा भैरहेका बिभिन्न राजनीतिक घटना क्रमका बारेमा पनि छलफल हुनुका साथै राजावादीहरुको आन्दोलनका बारेका पनि छलफल भएको बुझिएको हो ।

सोहीबमोजिम बनेको नवराज सुवेदी नेतृत्वको आन्दोलन समिति बनेपनि त्यसलाई राप्रपा नेतृत्वबाटै खुलेर साथ नरहेको बढी गुनासा ेसहितको सन्देश उनले प्रवाह गरेका थिए ।