काठमाडौं – गत बुधबार राजधानीमा एउटा निकै राम्रो संदेशमुलक गीतको भिडियो सार्बजनिक भएको छ । उक्त गितको नाम हो “भुलको बाटो”
किरन भुजेल र श्रेया राईले स्वर दिएको उक्त गीतमा शब्द भने स्याडो रियलको छ।अमेरिकामा बसेर समाजसेवि गर्दै आएका स्याडो रियल उर्फ मेघ सुवेदीले समाजका बिकृति बिसंगति बिरुद्द संगित मार्फत संदेश दिन खोजेका छन् ।
कुबेर तामागको डाईरेक्सनमा यो गित निर्माण भएको छ। साथै दर्जनौ कलाकारहरु मेग सुबेदि (स्याडो रियल) संजित भन्डारी, रिचा थापा, रस्मि भट्ट, दिपा शाहि, आयुशा क्षेत्रीको अभिनय छ ।
टेकेन्द्र शाहले सम्पादन गरेको यो गीतमा राम शरण उप्रेतीले छायांकन गरेका छन । गीत निकै उत्कृष्ट र संदेश मुलक रहृको छ । छोटो समयमा गितले राम्रो प्रतिक्रिया पाएको छ ।उक्त संदेश मुलक गित Sejal & Sister News & Entertainment युट्युब च्यानलमा हेर्न सकिन्छ ।
भिडियो हेर्नुहोस https://youtu.be/1ANT_2XTiTc?si=yTT5N71_fzy2ikG4