काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार अचानक पदबाट राजीनामा दिएपछि यतिबेला नेकपा एमालेमा तरंग छाएको छ। यसबीच एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्रीसमेत केपी शर्मा ओलीको दबाब थेग्न आन्दोलनरत शिक्षकहरुको घेराबनदीमा परेपछि भट्टराईले मन्त्री पदबाट राजीनामा दिईन । उनले राजिनामा दिएको बिषयलाई लिएर ओली नजिकका शिर्ष नेता नै उनको खण्डन र आलोचना गरिरहेका छन् ।
शिक्षकको माग पुरा गराउँन उनले बारम्बार प्रयास गरिन् । ओली संग मात्रै होईन अर्थमन्त्री विष्णु पौडेल संग बजेट छुट्याउन माग गरिन । तर, उनले आफ्नै पार्टीकी मन्त्रीलाई बजेट छुट्याउन नसक्ने जवाफ दिए । त्यसपछि ओली संग पनि आग्र गरिन् ओलीले पनि सहयोग गरेनन् । प्रधानमन्त्री अर्थमन्त्री र शिक्षामन्त्री पनि आफ्नै पार्टीको हुँदा पनि सहयोग नभए पछि भट्टराईले अन्नतत पद नै छाड्ने निर्णय गरिन । उनले राजिनामा दिए पछि सुर्य थापा, गोकुल बास्कोछा , महेश बस्ने, बिष्णु रिजाल लगायतका शिर्ष नेता नै भट्टराई माथी खनिएका छन् । बाँस्कोटाले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘म जे छु, ठिकै छु। किनकि मेरो मूल्यांकन गर्ने सर्वोच्च निकाय म नै छु।
बाँकीको मूल्यांकन गर्ने त स्वयम् उनीहरू मात्र हुन्। जसलाई स्वघोषित त्यो अख्तियारी प्राप्त छ।’ उता एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले भने विद्याले ‘स्वास्थ्यका कारण राजीनामा दिएको’ दाबी गरेका छन्। र, यही निहुँमा पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीविरुद्ध खनिनु निन्दनीय भएको टिप्पणी गरेका छन्। ओलीका प्रिय पात्र महेश बस्नेतले मन्त्री कै कमजोरी भएको बताउँछन् । उनी भन्छन् । राजिनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो । मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो। उनी भन्छन् । यता नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकोबारे प्रश्न उठाएकी छिन्। कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्।’भन्दै हैसला पनि दिएकी छन् । अहिले अधिकांशले विद्या भट्टराईलाई अब ओलीले दोस्रो भिम रावल बनाउन खोजेको भन्दै आक्रोस पोख्न थालेका छन् । भिम रावललाई पनि ओलीले आफ्नै घमण्डका कारण पार्टीबाट निकाले ।
ओलीको दम्बका कारण एमालेका सक्षम र राम्रा नेताहरु बहिर्गमनमा पर्न थालेका छन् । ओलीको बिरुद्ध बोल्ने नेता अहिले सबे पार्टी बाट निकालिदै छ । वास्तमा भन्ने हो भने विद्या भट्टराई होईन ओलीको ओरालो यात्रा सुरु भएको छ । नेता कार्यकर्ता धमाधम पार्टी छाड्न थालेका छन् । कुनौ समय आई लब यु के पी बा भन्नेहरु आज उनै बिरुद्ध खनिएका छन् । झन अबको महाधिबेशनमा पुर्व राष्ट्रपति बिद्या देबी भण्डारी आउने चर्चाले ओलीको मुटुमा डरका तरङग छाउन थालेका छन् । विद्यालाई रोक्न उनी अनेक उपाए अपनाउन थालेका छन् । त्यसमाथी नेताहरुमा रुष्ट बन्न थाले पछि ढिलो चाँडो एमालेमा पहिरो जाने निसश्चित छ ।