Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

अबको ७ दिनभित्र फेसबुक दर्ता नभए नेपालमा प्रतिबन्ध

अबको ७ दिनभित्र फेसबुक दर्ता नभए नेपालमा प्रतिबन्ध

काठमाडौँ । अन्तत अबको ७ दिनभित्र फेसबुक दर्ता नभए नेपालमा प्रतिबन्ध लगाउने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले चेतावनी दिएका छन । फेसबुकले सरकारलाई नटेरेको भन्दै अबको एकसाता भित्र दर्ता भएन भने नेपालमा फेसबुक नचल्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए। उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए। मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए।

उनले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिएको बताए। उनले मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन ९जिडिपी० भन्दा आफ्नो आम्दानी धेरै भएको घमन्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे। यसअघि सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम गत चैत ७ गते ३० दिनको म्याद दिएर सामाजिक सञ्जाल कम्पनीहरुलाई नेपालमा दर्ता हुन आह्वान गरेको थियो । ३० दिने म्याद आज अर्थात् आइतबार सकिएको छ । उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराए।यता सञ्चारमन्त्री भन्छन नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने रु यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन रु त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन रु पर्छ नि । तीन पटक भयो । म आउने बित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे । तेस्रो पटक फेरि सूचना जारी गरे, अत्ति भर्खर म्याद सकियो ।

अब ७ दिनभन्दा बढी दिन्न मैले । उनी भन्छन । यसैगरि सामाजिक सञ्जाल कम्पनी मेटामाथि प्रतिबन्ध लगाउँदा अन्तर्राष्ट्रिय ब्यान्डविथबाट उल्टै नेपाललाई मासिक करोडौँको घाटा लाग्ने देखिएको छ । मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्समाथि प्रतिबन्ध लागेमा लोकल ब्यान्डविथ ९सीडीएन० मा रहेको ठुलो ट्राफिक अन्तर्राष्ट्रिय ब्यान्डविथमा शिफ्ट भएर देशले नोक्सानी भोग्नुपर्ने देखिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अब केही दिन पर्खिने र दर्ता हुन नआएमा नेपालमा त्यस किसिमका सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउने बताएका छन् । यसअघि टिकटकमाथि प्रतिबन्ध लाग्दा त्यसको सोझो फाइदा मेटाको इन्स्टाग्रामलाई पुगेको थियो । त्यसको अर्थ इन्स्टाग्रामले खपत गरिरहेको ब्यान्डविथ समेत बढ्नु हो । यदि अहिले फेसबुकमाथि प्रतिबन्ध लागेको खण्डमा केही प्रयोगकर्ता टिकटक–भाइबर लगायतका अन्य सामाजिक सञ्जालमा शिफ्ट हुने अनुमान गरिएको छ ।