काठमाडौँ । गृहमन्त्री रमेश लेखक फेरि विवादमा तानिएका छन । ओली नेतृत्वको सरकारका सबैभन्दा बढी विवादीत र आलोचित बनेका लेखक बेला बेलामा विवादमा तानिने गरेका छन । उनी पछिल्लो समयमा २ ओटा घटनाले गर्दा पुन विवादमा आएका हुन । सहकारी प्रकरणमा जोडिएकी नेपाली काग्रेसकी सांसद माया राईलाई उनले नै जोगाइरहेका छन भने गत चैत १५ गते भएको राजावादीको आन्दोलनमा पक्राउ परेका काग्रेसकै सहमहामन्त्री कै छोरालाई उनकै ठाडो आदेशमा जोगाएको आरोप उनी माथि रहेको छ ।
काठमाडौँमको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लागेकी माया राई ८ महिना बाट फरार सुचीमा रहेकी छिन भने उनलाई गृहमन्त्री लेखककै ठाडो आदेशमा पक्राउ नगरिएको प्रहरी स्रोतको भनाइ रहेको छ । यस सहकारीका जोडिएका रवि लामिछानेलाई भने गृहमन्त्री मै निर्देशनमा अनुसन्धान मै प्रभावित पार्ने काम भएको थियो । सरकारले नै आफनालाई काखी च्याप्ने काम गर्दा रवि माथि अन्याय समेत भएको कतिपयको बुझाइ रहेको छ । सांसद राईलाई प्रहरीले गत कात्तिकमा नै पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो । त्यसवेला ठेगाना खुल्न नसकेको भन्दै उनलाई मुद्दाबाट उन्मुक्ति दिइएको थियो । तर, दोस्रो चरणको अनुसन्धानमा प्रहरीले उनको ठेगाना मात्र होइन, सहकारीको हिनामिनासम्बन्धी निर्णयमै संलग्नता खुल्ने प्रमाण फेला पर्दा पनि पक्राउ गरेको छैन ।
सहकारी ठगीमा संलग्नता पुष्टि हुँदा पनि सत्तारूढ दल कांग्रेसकी सांसद भएकाले उनलाई पक्राउ गर्न गृह मन्त्रालयले स्वीकृति नदिएको प्रहरी स्रोत बताएको छ । प्रहरी अनुसन्धानका क्रममा सहकारीमा गरेका निर्णयका माइन्युट भेटिएका छन् । ऋण प्रवाह गर्नेलगायत निर्णयमा सांसद राईको हस्ताक्षर भेटिएको स्रोत बताउँछ । उनी दुई कार्यकाल स्वर्णलक्ष्मीको सञ्चालक समितिमा बसेकी थिइन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीका अनुसार सहकारीका माइन्युट र संसद्मा उनले गरेको हस्ताक्षरसमेत ‘म्याच’ भइसकेको छ ।
गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेको सो सहकारीमा सर्वसाधारणको दुई अर्ब ६५ करोड हिनामिना भएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनको जीबि राई सँग राम्रो जिनजान भएको समेत बताइने गरिन्छ । भोजपुर घर भएकी राई सोही आधारमा उनी सहकारीको सञ्चालक बनेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनको संलग्नता देखिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । यता भाटभेटीमा रक्सी चोरेको आरोपमा पक्राउ परेका सहमहामन्त्रीका छोरा महेन्द्र यादवका छोरालाई पनि लेखकले मुद्धा नचलाई उन्मुक्ति दिएका छन ।