Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काँठे भाकाको धरोहर बन्दै गायक सरोज लामिछाने,मलाई ओके छ गित दर्शकको रोजाईमा

काँठे भाकाको धरोहर बन्दै गायक सरोज लामिछाने,मलाई ओके छ गित दर्शकको रोजाईमा

काठमाडौँ । पछिल्लो समय युवा पुस्तामा निकै व्यस्त रहेका लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेको चर्चा थप चुलिँदै गएको छ । पछिल्लो समय नेपालमा काँठ क्षेत्रका गितहरु ओझेल पर्दै गएको अवस्थामा लामिछाने अहिले तिनै काँठको धरोहरको रुपमा परिचीत छन् र उनको आगमन संगै काँठे भाकाले समेत नंया उचाई हासिल गरेको छ ।

लोक दोहोरी गित भन्ने बित्तिकै पछिल्लो समय युवापुस्ताले खासै रुचाएको पाइदैन तर लामिछानेको गित भने युवापुस्ता माझपनि लोकप्रिय रहेको छ भने युवाहरुको मनमा छाएका छन् । यतिबेला उनै गाउक लामिछानेले मलाई ओके बोलको नया गित बजारमा ल्याएका छन । उनको र सान्तील शुब्बाको आवाज , अनि उनैकै शब्द संगितमा तिमीलाई मन परे मलाई ओके छ बोलको गित बजारमा ल्याएका हुन । निकै रमाईलो अनि डान्सिंग बिटको गित उनकै युटुव च्यानल सरोज लामिछानेबाट लिएर आएका हुन । दर्शक श्रोताहरुले पनि यस गितलाई निकै रुचाएका छन । भिडियो निर्देशन ,कोरियोग्राफिमा उनै मोडल पारस बास्ताकोटीले गरेका छन ।

वास्तविक र यथार्थ जीवनलाई बुझेका लामिछानेले गाउँ घरकै कुनै पनि घटनालाई टपक्कै टिपेर गीतको मालामा उन्ने गरेका छन र यो नै उनको मुख्य विशेषता पनि हो। रेडियो मध्यपूर्वमा लोक गीतको कार्यक्रम लोक सुसेली सञ्चालन गर्दै यात्राको थालनी गरेका गायक लामिछानेको गितमध्य बदाम खाको, सुन्तला छोडाको, धानको बाला लसरी पसरी, कोठा भाडा तिर्दिने मैले हो, मूसौरी, दुई खोली दोभान, हे मेरो सानु, कहाँ होला र सुन जस्तो पित्तल, सालको पात हे मायाँ टपरी दुना ९घर त ठिमी० खाडा देभि माई, चन्द्रागिरीमा, माछी कहाँ छ खोलिको लेउमा छ, सानुमाया हासेर बोल, मुड आयो, जिन्दगी के छर, के चाहिँ गर्ने हो, जस्ता सयौं गीतहरू प्रचलित छन् ।

देश तथा विदेशमा उत्तिकै लोकप्रिय बनेका गायकले पछिल्लो समय व्यवसायिक रूपमा आफ्नो दोहोरी साँझ पनि सञ्चालन गरेर थुप्रै कलाकारहरुलाई रोजगारी समेत दिईरहेका छन् । लामिछाने सञ्चारकर्मीको रुपमा समेत परिचीत रहेका छन् । गीतसङ्गीत सङ्ग सम्बन्धित विभिन्न संघ संस्थाहरुमा उच्च ओहोदामा रहेर काम गरेका उनको समाज रपन्तरणमा उल्लेखनीय योगदान रहेको पाइन्छ । विगत डेढ दशक देखि गीत सङ्गीतको यात्रामा निरन्तर संघर्ष गरिरहेका गायक सरोज अहिले पनि उत्तिकै शसक्त र उर्जाशील भएर लागिरहेका छन् ।सानै उमेरदेखि गीत लेख, गाउँन, नाच्न कार्यकम चलाउन र अभिनय गर्न निकै रुचि र चासो राख्ने लामिछाने बहु आयामिक कलाकारका रुपमा स्थापित भएका छन् ।