Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

घमेश दुलाल र रचना रिमालले गाएको दिउला चिनो गित भाइरल बन्दै,हिराकाजीलाई मिल्यो सफलता

घमेश दुलाल र रचना रिमालले गाएको दिउला चिनो गित भाइरल बन्दै,हिराकाजीलाई मिल्यो सफलता

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतमा छुट्टै पहिचान बनाईरहेका कलाकार हिराकाजी सेन्चुरीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “दिउँला चिनो” भर्खरै सार्वजनिक गरेका छन् । हार छु बरु करोडको बाजी तिम्लाई छोडन हुदिन म राजी, झाले रुमाल चटकै परेको ,दिउला चिनो फुलबुटटा भरेको गितले भनेको छ ।

गितलाई थप मिठासल भर्न अहिलेकी चर्चित गायिका रचना रिमालेको सुमधुर आवाज रहेको छ । भने निकै मिठासले भरिपूर्ण शब्दले भरिएको गितमा गायक घामेश दुलाल र रचनाको रिमालेको आवाजले निकै मिठो गित बनेका छ । सार्वजनिक हुनुपूर्व नै टिकटकमा अत्याधिक रुचाइएको हिराकाजी सेन्चुरी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा हिराकाजी सेन्चुरी र जुना कार्कीको आकर्षक अभिनयमा छन । गितमा िकलाकार हिरा संस्कृतिको जगेनार्थ हिरा नै बनेका छन् ।

उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतमा काम गरिसकेका छन् । वरिष्ट गायक घमेश दुलाल र रचना रिमाल द्वारा स्वरबद्ध “दिउँला चिनो” बोलको गीतलाई लय राम्जी थापा मगर र संगीत संयोजन नारायण दंगालले भरेका हुन् गीतमा भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । गीतको भिडियोमा हिराकाजी सेन्चुरी र जुना कार्कीको मुख्य अभिनय रहने छ । दर्शक श्रोताहरुले पनि यस गितको भिडियोलाइ पनि निकै रुचाएका छन ।म्युजिक प्लस स्टुडियोमा तयार भएको गीतलाई गोपाल दयालले रेकर्ड गरेका हुन् भने मिक्सिंग मनोज परियारको रहेको छ ।