काठमाडौँ । नेपाली फिल्मी जगतमा अब धमाधम चर्चित गायकहरुले पनि फिल्म खेल्न थालेका छन । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले ‘द्रौपदी’बाट फिल्म अभिनयमा डेब्यु गर्दै फिल्म खेलेपछि यतिबेला भने अर्का चचिर्त गायकले पनि फिल्ममा डेब्यू गरेका छन । चर्चित गायक प्रकाश दूतराजले फिल्म अभिनयमा डेब्यु गरेका छन् ।
अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँध्दै उनको शीर्षमध्येको भूमिका रहेको फिल्म ‘आहुति ः द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ । गुपचुप छायांकन भैरहेको यो फिल्ममा भवानी संग्रौलाको निर्माण तथा निर्देशन छ । अनिल संग्रौला मूभी मेकरको ब्यानरमा फिल्म बनिरहेको हो । गायक दूतराजका सबै गित चर्चा छन ।
उनको लोकप्रियता झन बढिरहेको छ । रिमै, घर कता हो बैनीको, रेशम, जाम भो माइली जस्ता सुपरहिट गीतहरू गाएका दुतराज भन्छ पहिलो फिल्म भएकाले डर र रमाइलो लागिरहेको छ’ । साम्राज्ञीले सेयर गरेको फोटोमा पनि प्रकाश र उनलाई ग्रामिण पात्रको भूमिकामा देख्न सकिन्छ । प्रकाश दुतराज पछिल्लो सयमा चर्चित कलाकारमध्येका एक हुन ।उनले बिशेषगरि मौलिक भाकामा आफना सिर्जना पस्किने गरेका हुन्छन । जुन सिर्जनाले गाउसमाजको यर्थाथ बिषयबस्तुलाई झल्काईरहेका हुन्छन । दिनमा नेपाली सिने जगतमा कलाकार देखी राजनितिज्ञ ब्यक्तिहरु पनि देखिने क्रम बढेको छ ।
यस्तै बिशेषगरि त टिकटकरहरुल झन बढि फिल्लमा देखिने थालेका छन । उनीहरुको क्रेजले गर्दा पनि फिल्म लगानीकर्ताहरुको धमाधम टिकटरहरुलाई भित्राई रहेका छन । अभिनय भन्दा पनि पपुलाराटिका आधारमा फिल्ममा भित्राउदा कतिपय दर्शकहरुले पनि आलोचना पनि गर्न शुरु गरेका छन । अझ बिशेष हास्यटेलिशिरियलका कलाकारहरुल त झन अहिले फिल्म निर्माण देखी फिल्म खेल्नमा ब्यस्त छन । आमदर्शकले धेरै पहिले निकै रुचाएका टेलिशिरियल मेरि बास्सै , तितो सत्य ,जिरे खुर्सानी, सक्कगोनीका कलाकारहरु फिल्म आफै बनाउने देखी फिल्लमा शिर्ष भूमिकामा देखिन थालेका छन ।
यस्तै पछिल्लो समयमा फिल्मी जगतमा पूराना कलाकारका छोराछोरी पनि फिल्ममा ईन्ट्री गर्न थालेका छन । भूवक केसीका छोरा अनमोल केसी ,दिलिप रायमाझीकी छोरी दिब्यरायमाझी ,बिराज भट्टका छोरा समिर भट्ट ,झरना थापाकी छोरी सुहाना थापा लगाएतका कलाकारहरु अहिले नयानया फिल्मम एकाएक देखिन थालेका छन । बुबाआमा फिल्म निर्माणमा छन भने छोराछोरी अभिनयमा जुटेका छन ।