Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्र बैकको गर्भनरलाई लिएर ओली र देउवा बिचमा फेरि खटपट सुरु,देउवा कडा कदम चाल्दै ?

राष्ट्र बैकको गर्भनरलाई लिएर ओली र देउवा बिचमा फेरि खटपट सुरु,देउवा कडा कदम चाल्दै ?

काठमाडौँ । नेपाल राष्ट्रबैकको गर्भनर नियुक्तिको बिषयलाई लिएर ओली र देउवा बिचमा फेरि खटपट सुरु भएको छ । ओलीले आन्तरिक रुपमा देउवा विरुद्ध आफनै मान्छेलाई गर्भनर बनाउँन लागेको चर्चा पछि २ नेताहरु बिचमा खटपट सुरु भएको हो । ओलीले आफु विरुद्ध रणनीति बनाएको बुझेपछि देउवा कडा कदम चाल्ने मुडमा देखिएका छन ।

प्रधानमन्त्री ओलीसँगको सहकार्यलाई लिएर देउवाले पनि पछिल्लो समय खासै सहजता अनूभव नगरेको काग्रेसकै नेताहरुको भनाई छ । आजै नीति तथा कार्यक्रम आउने, र बजेट आउने दिनपनि नजिकिएको कारण सरकारबाट बाहिरिने निर्णय लिनपनि अप्ठ्यारो भएकोले देउवा रोकिएको स्रोतको दाबी रहेको छ,तर, देउवा अब एमालेसँगको सहकार्य लामो लैजाने पक्षमा नरहेको केही काग्रेसका नेताहरुको भनाई रहेको छ । देउवाले आज÷भोलिभित्रै कडा कदम चाल्नेगरि आन्तरिक तयारी थालेका छन् । यसको लागि आफना केही नजिकका नेताहरु सँग छलफल गरेको समेत बुझिएको छ । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अहिले १० महिनामा चलिराखेको छ । तर, सरकारलाई यो १० महिना पूरा गर्नपनि हम्मेहम्मे हुन थालेको छ ।

सरकारको कामकारबाहीमाथि यसअघि सार्वजनिक रुपमै आलोचना गर्ने र प्रश्न उठाउने कांग्रेस नेताहरुप्रति पनि प्रधानमन्त्री ओलीले जवाफ फर्काएका थिए । प्रधानमन्त्रीको बेडरुमसम्म नै विचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापालाई त उनले त्यो आरोप प्रमाणित गर्न चूनौति पेश गरेका थिए । पछिल्लो समय दुई दलबीच सरकार सञ्चालनको लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठककमा समेत गगन जान छोडेका छन् । यसरी हेर्दा कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सुरुवाती दिनको जस्तो सहकार्यमा हार्दिकता नदेखिएको प्रष्ट हुने गरेको छ ।

तर,देउवाले नचाहँदासम्म सरकार ढल्दैन भनेर ढुक्क भएको एमाले नेतृत्व पँक्तिपनि पछिल्लो समय कांग्रेसको भूमिकाबाट सशंकित बनेको छ । सरकार ढल्दैछ र सरकार बनाउनेगरि कांग्रेस सभापति देउवासँग कुराकानी अघि बढेको भनेर पुष्पकमल दाहालले दाबी गरेपछि कांग्रेस र एमालेबीचको सहकार्यमा संकट आएको दाबी गरिएको हो ।

कांग्रेस र एमालेबीच सहकार्यमा संकट आउनुमा प्रमुख कारण नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ती मानिएको छ । गभर्नरमा प्रधानमन्त्री ओलीले आफ्नो कोटाबाट नियुक्ती चाहेका छन् । तर, देउवाले डा. गुणाकर भट्टलाई अघि सारेका छन् । देउवाकै वचनको कारण भट्टले नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिइसकेका छन् । तर, राजीनामा दिएको दुई साता हुन लाग्दासमेत अझै उनको नियुक्ती हुन सकेको छैन् । प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर निलम ढुंगानालाई अघि सारेका छन् ।