Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पाकिस्तानी जेटले भारतीय सेनाको दुई फाइटर विमान खसालेको दाबी

पाकिस्तानी जेटले भारतीय सेनाको दुई फाइटर विमान खसालेको दाबी

काठमाडौँ । पाकिस्तान र भारत बिचको युद्धलाई लिएर अहिले अनेक चर्चा भैरहँदा चीनको बेइजिङमा बनेको पाकिस्तानी जेटले बुधबार कम्तीमा दुई भारतीय सैनिक विमानलाई खसालेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।

दुई देशबीचको बढ्दो तनावका स्थितिमा भारतीय सेनाका दुई फाइटर विमानलाई पाकिस्तानले लन्च गरेको जेटले खसालेको भनेर दुई अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

अत्याधुनिक किमिसको उक्त जेट ठूलो माइलस्टोनको प्रयोगका लागि परिचित छ । रोयटर्सका अनुसार भारतीय वायुसेनाका प्रवक्ताले यसबारेमा कुनै टिप्पणी गर्ने अवस्थामा नभएको बताएका छन् ।

नाम नखुलाउने शर्तमा एक अमेरिकी अधिकारीले भने, ‘चीनमा निर्मित जे–१० विमानले भारतीय फाइटर प्लेनमाथि मिसाइल परीक्षण गरिरहेकोमा विश्वास गर्न सकिन्छ जसले कम्तीमा दुई फाइटर खसालेको छ ।’

अर्का अधिकारीका अनुसार खसालिएको भारतीय फाइटर विमान फ्रान्समा बनाइएको हो । दुवै अधिकारीले पाकिस्तानको विमानले भारतको फाइटर खसाल्न कुनै भूमिका नखेलेको बताएका छन ।