काठमाडौँ । ‘मेरो आफ्नै शान छ, मेरो आफ्नै मान छ, जसले आफ्नो ठान्छ मलाई, यो ज्यान उतै जान्छ’ भन्दै पल शाहको दमदार डान्सले अहिले सबैलाई हेरेको हेर्योैँ बनाएको छ । गायक नरेश खाती र गायिका एलिना चौहानको दमदार आवाजमा रहेको राजा गितमा नायक पल शाह र नायिका गरिमा शर्माको एनरजेटिक डान्सले सबैलाई साच्चिकै नाचुम नाचुम हेरिरहु बनाएको छ । यतिको एनरजेटिक डान्स पल शाहको कमलैले देख्नुभएको छ भने गायक नरेश खातीले पनि बजार नै तताउने गरि यस्तो खालको गित पहिलो पटक गाएका हुन । गितका हरेक शब्द शब्दले सबैको मन छोएको किन कि यस गितका सबै शब्द सबैका लागि उपयोगि छन । गितको भिडियोले सबैलाई छमछमी नचाउने खालको रहेको छ ।
उनै गायक सर्जक नरेश खतीको शब्द संगितमा रहेको गित श्याम स्वेत रसाईलिले संगित संयोजन गरेका छन । साथमा बालकलाकार प्रिन्स बम, शान अधिकारी, हिमांशु शाही र देश्मा देवकोटाको दमदार नृत्य र अभिनयले सबैको मन छोएको छ। दर्शकको मन मुटुमा बस्न सफल सर्जक खातीले आफ्नै युट्युव च्यानल मेक्सम नरेश अफिसियलबाट गित बजारमा ल्याएका हुन । विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा अन्य धेरै कलाकारहरुको सहभागिता रहेको छ । व्यक्तिमा हुने शान, मान र घमण्डलाई नियन्त्रणमा नराख्दा अर्कोले पनि त्यस्तै व्यवहार गर्छ भन्ने विषयलाई उतार्न खोजिएको छ । चराचर जगतमा सबैको आआफ्नो अस्तित्व हुन्छ कसैलाई पनि कम आँक्ने र व्यहोरा देखाउने कार्य हानिकारक हुने विषयलाई गीतले उजागर गर्न खोजेको छ । साच्चिकै यो म्यूजिक भिडियो खतरा नै भएको छ। एलिनाको आवाजे यो गितलाई थप सुनमा सुगन्ध भर्नमा मद्दत पु¥याएको छ । अब यो बिचमा उनै गायक नरेश खातीकै बारेमा चर्चा गरौ ।
मौलिक सृजना गर्ने नरेशका धेरैजसो वियोगान्त गीतहरु सुपरहिट छन। गायक खातीले यसअघि ‘मेरी छोरी’ बोलको गीत पनि बजारमा ल्याएका थिए । सो गीतले पनि अत्याधिक धेरै दर्शक श्रोताको माया पाएको थियो । यस अघि नरेश खातीकै शब्द, संगीत र आवाजमा रहेका ‘माया मारेर’, ‘मन परेरै हो’, तिम्रै मायाले, ‘आउनु न फर्केर’, ‘किन रुवाको’, ‘परान पियारा’ ‘मेरो छोरा’ रुदा रुलै तिम्रो शहर , हैन होला र लगायत थुप्रै गीतहरु सुपरहिट भएका छन । नरेश खातीको भाइ मेक्सम खाती पनि कलाकार हुन । उनी पछिल्लो समयमा देश बाहिर बस्दै आएका छन । दाजुभाईको सहकार्यम पनि केही गितहरु बनेका छन । ति गितहरुले पनि दर्शक श्रोताहरुबाट अत्याधिक माया पाएका छन ।
Song Link...
https://youtu.be/qpmp6bmRYb8?si=2MqajElUuYf4gUUJ