Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डान्सर कबिता नेपालीले सगरमाथा चढ्दै गर्दा संगैको साथी गुमाईन,नेपालको राखिन किर्तिमानन

डान्सर कबिता नेपालीले सगरमाथा चढ्दै गर्दा संगैको साथी गुमाईन,नेपालको राखिन किर्तिमानन

काठमाडौँ । कलाकार कबिता नेपाली जसले एकदिनको अन्तरमा दुई अग्ला हिमाल चढिन । सगरमाथा र ल्होत्से हिमालको चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराइन । हिमाल आरोहणका दुई आकर्षक तस्वीर सार्वजनिक गरिन । अहिले उनको बिजय यात्रालाई लिएर उनको सामाजिक सञ्जाल भरि चर्चा चुलिएको छ । टिकटिक देखी फेसबुकका रिल्समा उनको भिडियो र तस्बिर छाईरहेको छ । उनको संघर्षपछिको सफलतालाई लिएर सामाजिक संजालमा प्रशंसा भैरहेको छ ।

उनै डान्सर तथा अभिनेत्री कविता नेपालीले यसैसाता ८ हजारभन्दा अग्ला दुई हिमालको चुचुरो चुमिन । आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरिन । उनले तस्वीर सेयर गर्दै मर्मस्पर्शी र प्रेरक क्याप्सन पनि लेखेकी छिन । उनले हराइरहेको आफूलाई फेला पारेको प्रतिक्रिया दिएकी छन । कविता लेख्छिन्, ‘यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन, यो सपना देख्नेहरू, गर्नेहरू र सीमाहरू भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो । सबैभन्दा महत्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यो जितभन्दा माथि थिएँ । म एक व्यक्तिको रूपमा हुर्किएँ ।

मैले सिकें र मैले आफ्नै टुक्राहरू फेला पारेँ, जुन कतै हराएको भन्ने मलाई थाहा थिएन ।’ कविताले निर्मल पुर्जाको आरोही दल एलिट एक्सिपिडिसनमार्फत हिमाल चढेकी थीन । उनीसँगै एकदर्जन विदेशी आरोहीले पनि वसन्तकालीन आरोहण गरे । कबिताले हिमाल आरोहणका क्रममा आफनै आखा अघि लाश पनि देखिन । त्यो दृश्यले उनलाई कमजोर बनाउन भने सकेन । उनी म सक्छु र बाच्छु भनेर हिम्मत जुटाईरहिन । र त आज यति ठूलो सफलता हासिल गरेकी छन । पछिल्लो समय नेपाली चलचित्रका सेलिब्रेटीहरुको हिमाल चढ्ने गर्ने लहर चलेको छ । सामान्यतया साहसिक पर्यटकले रुचाउने हिमाल आरोहणमा महिला कलाकारहरुले बढी रुचि राखेको देखिन्छ ।

यससँगै उनी छोटो समयमै आठ हजार मिटरभन्दा अग्ला दुई हिमाल आरोहण गर्ने पहिलो नेपाली कलाकारसमेत बनेकी छन । यसअघि अभिनेत्रीहरु दिया पुन र छिरिङ शेर्पाले सगरमाथाको आरोहण गरिसकेका छन । उता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि सगरमाथा आरोहणको तयारीमा छन । अहिले उनले आरोहणको प्रशिक्षण लीरहेको बुझिएको छ । कामको कुरा गर्दा, कविता अभिनित डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा सहभागी छ । उनले भारतका केही चर्चित नृत्य रियालिटी शोमा जितेकी छन । ससगरमाथा अरोहण जस्तो जोखिमपूर्ण कार्यमा सफलता हासिल गरेर देशको नाम राख्ने सपना पूरा गरेकी छन । पछिल्लो पटक कविता गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेरै’ का कारण चर्चामा थिइन् ।