Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

यस पटकको आईपीएलको उपाधि आरसीबी लाई,पन्जाब ६ रनले पराजित

यस पटकको आईपीएलको उपाधि आरसीबी लाई,पन्जाब ६ रनले पराजित

काठमाडौँ । आईपीएलमा रोयल च्यालेन्जर्स बैंगोलर आरसीबी ले इन्डियन प्रिमियर लिगको १८ औं सिजनको उपाधि जितेको छ। टीमले मंगलबार भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै उपाधि जितेको हो।

अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै आरसीबीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब १ सय ८४ रनमा समेटिएपछि आरसीबी पहिलो पटक च्याम्पियन बनेको हो। टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीका लागि विराट कोहलीले ३५ बलमा ४३ रन बनाउँदा मंयक अग्रवालले २४ रन बनाएका थिए।

त्यस्तै रजत पाटिदारले २६ रन बनाउँदा लियम लिभिस्टिङले २५ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा जितेश शर्माले २४ रन र रोमारियो शेफर्डले १७ रन बनाए। पञ्जाबका लागि अर्सदीप सिंह र क्याली जेमिनसनले समान ३(३ विकेट लिए।

१ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो। उसका लागि प्रियन्सा आर्यले २४ रन बनाउँदा प्रभसिम्रन सिंहले २६ रन बनाए।

त्यस्तै जोस इंग्लिसले ३९ रन बनाएका थिए। उसका लागि सर्वाधिक उच्च स्कोर सशांका सिंहका नाममा रह्यो। उनले ३० बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६१ रनको अविजित इनिङ खेलेपनि टिमलाई उपाधि दिलाउन पर्याप्त भएन्। आरसीबीका लागि भुवनेश्वर कुमार र कुर्नाल पाण्ड्यले २(२ विकेट लिंदा यश दयाल, जोश ह्याजलवुड र रामरियो शेफर्डले १(१ विकेट लिए।