Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ज्ञानेन्द्र खड्का : समाजका लागि हिरो, जवरजस्ती बनाउन खोजियो जिरो

ज्ञानेन्द्र खड्का : समाजका लागि हिरो, जवरजस्ती बनाउन खोजियो जिरो

काठमाडौं - गत बैशाख २१ गते दिउँसो एकाएक एउटा समाचार छ्याप छ्याप्ती फैलिन्छ ,अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्का पक्राउ । समाजका लागि सधैं अग्रभागमा रहदै आएका खड्का पक्राउ परेको समाचार सुनेपछि उनको परिवारका सदस्यसंगै समाजका धेरै जना आश्चर्य चकित पर्छन । उनलाई नजिकवाट चिन्ने र बुझ्नेहरु त झन यो कुरामा विश्वास नै गर्दैनन् । विश्वास पनि कसरी गर्ने उनले समाजका लागि गर्दै आएका केही उदाहरणिय कामले गर्दा उनको परिचय सामाजिक हिरोको रुपमा स्थापित भैरहेको थियो ।

तर त्यस दिन उनी पक्राउ पर्नु भन्दा पनि सामाजिक संजाल देखी संचार माध्यामहरुमा एकपछि अर्को समाचारले उनलाई केही मिनेटमै जिरो बनाउने प्रयास सुरु भयो । प्रहरीले उनलाई पक्राउ गर्नुको कारण सम्म खुलाएन । माथिको आदेश भन्दै हतार हतार पक्राउ गर्नु देखी म्याद थपको काम समेत प्रहरीले क्षणभरमै सक्कायो । प्रहरीसंग पनि राम्रै चिनजान बनाएका खड्कालाई त्यस दिन किन यस्तो भैरहेको छ भन्ने आफैमा अच्चमित थिए । न त नोटिस थियो न त पक्राउ गर्नुपर्ने कुनै आधार र कारण तर पनि १५ मिनेटमै उनलाई अपराधी जस्तै बनाइयो । पक्राउ प्रक्रिया नै अनौपचारिक र अन्यायपूर्ण देखियो । पक्राउबारे बुझ्न खोज्दा उनी माथि आरोप थियो, भारतवाट सुनका गरगहना चोरी गरि ल्याउने र कारोबार गर्ने गिरोहसंग सक्रिय रहेको ।

हात र घाटीमा सुनका केही गरगहना टलक्क टल्काउने खड्काको लाईफ स्टाईलका कारण धेरैले उनलाई उनी त्यही हो भन्न मात्रै भनेनन्, सुन लगाएको देखेकै कारण दोषी नै करार गर्न भ्याए । तर वास्तविक कुरा अर्कै थियो न उनी कोही गिरोहसंग मिलेका थिए, न त त्यो सुन उनले चोरेर ल्याएर लगाएका थिए । व्यबसाय गर्दै एक एक पसिनावाट जोडिएको सम्पत्तिलाई देखाउदै आफूमाथि जुन प्रकारको षड्यन्त्र भयो त्यो कहिल्यै बिर्सन नसक्ने खड्का बताउँछन् । अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान सदस्य समेत रहेका खड्काको आरोप पुष्टि हुने कुनै आधार नदेखेपछि प्रहरी अहिले उनलाई सामान्य हाजिरि जमानीमा छोडेको छ । उनलाई प्रदेश प्रहरीले गम्भिरखालकै मुद्धामा पक्राउ गरेको बताएपनि त्यो आरोप आखिरमा आरोपमा मात्रै सिमित भएपछि उनलाई सामान्य हाजिरि जमानीमा छोडिएको हो ।

कोरोना कालमा समस्यामा परेकाहरुलाई लाखौंको सहयोग गर्ने बिषयमा होस् वा अत्तरिया उद्योग वाणिज्य संघ जस्तो व्यबसायीहरुको हकहितमा काम गर्ने संस्थामा जोडिएर होस् उनी निरन्तर सत्यको पक्षमा लाग्थे र सत्यलाई साथ दिएर काम गर्थे । आफू छुटेपछि उनले यो सबै बिषयमा सामाजिक संजाल मार्फत प्रष्ट पारेका छन् । उनले आफ्नो फसबुकको वालमा लेखेका छन् “म इमानदार थिएँ, छु पनि तर मलाई जबर्जस्ती अपराधी बनाउने प्रयास गरियो, मैले नपिएको बिष पिलाउन खोजियो ।” साथै उनले यो सबै बिषयमा आफू निर्दोष रहेकाले आफूलाई जबरजस्त फसाउन रचिएको षडयन्त्र मात्रै भएको बताएका छन् । आफूलाई जबरजस्त लगाएको आरोप र पिलाउन खोजिएको बिष आफ्नो शुभचिन्तक र कुलदेवताले शरीरभित्र पस्न नपाएको उनको भनाई छ ।

उनले आफूले आफ्नो पसिना र मेहनतले किनिएको एउटा गहनालाई आधार बनाएर रहरलाई अपराध र लवाइलाई प्रमाण बनाए पनि त्यो सफल हुन नसकेको बताएका छन् । आफू उद्योग वाणिज्य संघमा रहेका बेला बोलेका केही यथार्थ र सत्य कुराहरुकै कारण आफूलाई यसको सिकार बनाउन खोजिएको उनको दाबी छ । “मैले सहिलाई सही, गलतलाई गलत भनेको मात्रै हो । यही सत्य कसैको घाटी अठ्यायो,” उनले भने । उनको गुनासो मिडियाका अग्रज संचारकर्मीहरुंिग पनि छ । किन कि आफूलाई नजिकवाट चिन्ने र बुझ्ने संचारकर्मीहरुले पनि पक्ष बिपक्षमा नभई सत्यको पक्षमा कलम चलाइदिनुपर्ने बताएका छन् । मिडियाले सत्य नखोजी मनगढन्ते कथा लेखेर आफूलाई समाजको नजरमा खलनायक बनाएको उनको दुखेसो छ ।

“साँचो दोषी ओझेलमा प¥यो, मेरो अनुहार सबैको मोबाइलमा घुमिरह्यो,” भन्दै यसले झन ठूलो पिडा दिएको बताएका छन् । अन्त्यमा उनले चिच्याउदै भनेका छन् “म अपराधी होइन, म एक इमानदार नागरिक हुँ । मेरो इमानदारीलाई समाजकै चौराहामा झुन्ड्याउने प्रयास गरियो।” तर जसले जे भनेपनि इमानदारीता र धैर्ययताले आफूलाई सधैंव सकारात्मक सन्देश दिएको उनले बताएका छन् । त्यो कुरा समाजले पनि बुझेकोमा समाजप्रति आफू थप उत्तरदायी र जिम्मेवार बनेको खड्काको भनाई छ ।