Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विमान दुर्घटना अघि पाइलट सुमितले भावुक हुँदै भनेका थिए हामी बाँच्दैनौँ होला

विमान दुर्घटना अघि पाइलट सुमितले भावुक हुँदै भनेका थिए हामी बाँच्दैनौँ होला

काठमाडौँ । एअर इन्डियाको विमान उडेको केही समयमै दुर्घटनामा पर्नुअघि विमानका पाइलट सुमित सभरवालले पठाएको अन्तिम सन्देश थियो हामी बाँच्दैनौँ होला ।’ बिहीबार दिउँसो अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा २४२ जना सवार विमान उड्यो , विमानले स्थानीय समय अनुसार दिउँसो १ः३९ बजे उडान भरेको थियो। विमान उडान भर्दा १०० टन इन्धन भएको बताए, जसको अर्थ ट्याङ्की लगभग पूर्ण रूपमा भरिएको थियो। भारतको उड्डयन नियामकले उडान भरे लगत्तै ककपिटबाट मेडे कलु आएपछि एकैछिन त्रास बढ्न थाल्यो । मेडे कलमा आत्तिदै पाईलटले भनेका थिए । अहमदाबाद विमान दुर्घटनामा विमानका पाइलट सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोलर एटीसीलाई पठाएको अन्तिम ४–५ सेकेन्डको सन्देशमा, सुमितले भनेका थिए, ‘मेडे, मेडे, मैले थ्रस्ट पाइरहेको छैन। पावर घट्दैछ, विमान उठिरहेको छैन। हामी बाँच्दैनौँ होला ।’ भारतको नागरिक उड्डयन मन्त्रीले शुक्रबार अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनास्थलमा ब्ल्याक बक्स फेला परेको बताएका छन्। भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले २८ घण्टाभित्र उडान डेटा रेकर्डर बरामद गरेको राम मोहन नायडू किन्जारापुले पुष्टि गरे।

हालसम्म दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको छ । सिभिल अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ। यसबाहेक २४१ जनाको डीएनए नमुना लिइएको छ भने ७ वटा शवको पहिचान भइसकेको छ।मृत्यु हुनेमा विमानमा सवार २४१ जना रहेका छन् । विमानमा २४२ जना रहेकोमा एक जना यात्रु मात्र बाँचेका छन् । त्यस्तै बीजे मेडिकल कलेज होस्टेलमा ३१ जनाको मृत्यु भएको छ । यसमा ५ जना डाक्टर, अन्य कर्मचारी र उपस्थित अन्य रहेका छन् । विमान दुर्घटनामा बाँच्न सफल एक मात्र व्यक्तिले भारतीय सञ्चारमाध्यमलाई भनेअनुसार विमानले उचाइ लिन सङ्घर्ष गरिरहेका बेला उनले ठूलो आवाज सुनेका थिए।

बीबीसी भेरिफाईले प्रमाणित गरेको फुटेजले देखाएअनुसार विमान मानव बस्तीमाथि असाध्यै होचो उचाइमा उडेको थियो। जारी पछिल्लो तथ्याङ्कअनुसार विमान ६२५ फिटको उचाइमा पुगेको थियो। त्यसपछि त्यो झर्न थाल्यो, त्यसपछि रुखहरू र घरहरूमा छोपिएको देखियो र एक विशाल विस्फोट हुन पुगेको थियो। यदि दुवै इन्जिनले काम नगरेको भए पाइलटसँग प्रतिक्रिया दिनका लागि समय नै भएन होला, एक पाइलटले भने। बीबीसी भेरिफाूले सीसीटीभी फुटेज हेरेअनुसार विमान ३० सेकेन्डका लागि हावामा थियो। विमान सघन मानव बस्ती भएको स्थानमा बज्रिन पुगेको थियो। विमान खसेका ठाउँमा परेका सरकारी भवन र अस्पतालसहित हाउजिङ ब्लकहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।