काठमाडौँ । पछिल्लो समय कमेडियन प्रभात लामाको चर्चा निकै छ। खासगरी क्यारिकेचरमा विशेष दखल राख्ने उनी पछिल्लो समय रुचाईएका कलाकार हुन् । पछिल्लो समय अफ्ताव आलमको पात्रमा देखिएका लामा आलमकै सिग्नेचर हाउभाउ र बोल्ने शैली कपी गर्दै स्टेजमा प्रवेश गरेका थिए । उनले आलमले ज्युँदै मान्छे इँटाभट्टामा जलाएको र वकिललाई गरगहना दिएको गम्भीर विषयलाई कमेडीको माध्यमबाट उठान गरेका थिए । अहिले फेर राजा ज्ञानेन्द्रको क्यारिकेचर गरेका थिए । त्यसले गर्दा उनी अहिले केहि बिबादमा परेका छन् । क्यारिकेचर गरेकै भरमा आफुमाथी केही व्यक्तिहरूबाट धम्कीपूर्ण फोन र म्यासेज आएको भन्दै कमेडियन प्रभात लामाले प्रतिक्रिया दिएका छन्। । उनले सामाजीक सञ्जालमा लेखेका छन। ‘कमेडी नाइट विथ च्याम्पियन’को पछिल्लो अंकमा मैले पुर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर पछि केही साथिहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ। म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्री ज्यू को पनि गलत कार्यको व्यंज्ञ र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पुर्व राजाको क्यारिकेचर गर्दा गलत के भयो ? तपाईको राजा नआउदै यस्तो रवाफ देखाउनु हुन्छ भने साच्चै राजा आएको दिन के गर्नु हुन्छ ? मलाई मेरो काम गर्न दिनुस तपाई तपाईको राजा ल्याउदै गर्नुस्।
रह्यो कुरा जनजातीले राजाको क्यारिकेचर गरेकोमा असन्तुष्टीस क्षमता र ल्याकत राख्नु हुन्छ भने तपाईहरु पनि गर्नुस। कलाकारितामा आउनुस्। जातभातको कुरै नगर्नुस्। यो शोभनिय कुरा पनि होईन। अर्को बुझ्न पर्ने कुरा हास्यव्यंव्ज्ञ कलाकारले जसको क्यारिकेचर गर्दैमा उहांको मान मर्दन गरिने भन्ने होईन। बरु त्यो पात्र मार्फत धेरै कुरा र विचारस ठट्यैली शैलीमा धेरै कुरा व्यक्त गर्न खोजिएको हुन्छ ।
व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पुर्व राजा हजुरबुवा समान हुनुहुन्छ। उहांलाई गर्नु पर्ने सम्मान र आदर सधै उस्तै छ। मलाई राम्ररी थाहा छस उहालाई कुन सम्मान दिनु पर्ने हो भनेर। त्यो तपाईहरुले सिकाईराख्न परेन। व्यक्तिगत रुपमा उहालाई उत्तिकै आदररभाव व्यक्त गर्न सक्छु जति उहा सम्मानित र आदरणीय हुनुहुन्छ। त्यसैले मलाई कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरी दिनुहोला। कार्यक्रम केवल मनोरन्जनको लागि तयार पारिएको हे। राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होईन। हेरेर मज्जाले हांस्नु होला। सुझाव चाही दिदै गर्नु होला उनले भनेका छन ।
राजावादीहरुले उनीमाथी आक्रोस पोखेका छन । इस अगाडी राजावादीको गाली गलौजको निशानााम नायीका सुरक्षा पन्त समेत परेकी थिईन । अहिले राजावादीहरुले पुर्व राजाको बिरुद्ध बोल्नेलाई सामाजीक सञ्जालमा तथानाम गाली गर्दै आएका छन ।