Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री ओली माथि लाग्यो मानव तस्करीको आरोप !

प्रधानमन्त्री ओली माथि लाग्यो मानव तस्करीको आरोप !

काठमाडौँ । माओवादी नेता तथा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोपमा प्रश्न चिह्न खडा गरेका छन । दिपशिखाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन, प्रधानमन्त्रि ज्यु,

तपाई स्पेन भ्रमणमा जाँदा केहि मानिसहरू लगेको र उतै छोडेर फर्किएको भन्ने आरोप छ । कति गएका र कति फर्केका हुन जनतालाई जवाफ चाहियो प्रधानमन्त्रिको भ्रमणमा समेत मानव तस्करीको आरोप लाग्नुजत्तिको लज्जा रास्ट्रका लागि अरू के हुन्छ र ? भन्दै प्रश्न पनि गरेका हुन । एक युवकले प्रधानमन्त्री ओली सहित भ्रमणमा आएर भिजिट भिषामै विदेश बस्न लागेको भन्दै बोलेको अडियो पनि यतिबेला बाहिरिएको छ । स्पेनका एक व्यवसायी सँग ती युवकले कुराकानी गरेको केही मिडियाले सार्वजनिक गरेका छन । जहाँ ती युवकले कुक नआउँने र पहिला कोरिया बसेको बताएका छन । दिपशिखाले सामाजिक सञ्जालमार्फत खडा गरेको प्रश्न भिजिट भिसा प्रकरणको बहस चलिरहेका बेला गम्भिर बन्न पुगेको हो । दिपशिखाको यो आरोप लाई निकै गम्भिर रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली यहीँ असार १४ गते स्पेन भ्रमणका लागि नेपाल बाट गएका थिए उनको भ्रमण टोली २१ सदस्यीय रहेको थियो ।

ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त फाइनान्सिङ फर डेभलपमेण्टको चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन ओली नेतृत्वको प्रतिनिधिमण्डल स्पेनको पुगेको थियो । असार २० गते ओली नेपाल फर्किएका थिए । ओली स्पेनको औपचारिक भ्रमण सकेरस्वदेश फर्किएपनि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी नगरी सिधै बाहिरिएका थिए ।

प्रधानमन्त्रीको विदेश भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साक्षात्कार गर्ने प्रचलन रहे पनि यसपटक उनले मिडियामा नबोलेका हुन । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विमानस्थलस्थित मिडिया कक्षमा प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी दिएका थिए । यसपटक उनको मौनता र सञ्चारकर्मीसँगको संवादविहीनता राजनीतिक वृत्तमा चर्चा विषय पनि बनिरहेको छ । पछिल्लो समयमा नेपालमा मानब तस्करीको बिषय जटिल बन्दै गएको छ । गृहमन्त्री रमेश लेखक माथि पनि भिजिट भिसा अर्थात मानब तस्करीको आरोप लाग्दै आएको छ । यो आरोपको राप र ताप अहिले सम्म पनि सेलाएको छैन । यहीँ कारणले निरन्तर रुपमा पनि सदन अवरोध हुँदै आएको छ । नेपलमा प्रत्येक बर्ष लाखौँको संख्यामा नेपालीहरु भिजिट भिसामा जाने गरेका छन ।