काठमाडौँ । नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा हुन पूर्वराजा ज्ञानेन्द्र शाह । आज उनै पूर्वराज ७९ औँ वर्षमा प्रवेश गरेका छन , आज उनी जन्मेको दिन । अहिले निर्मल निवासमा उनको जन्मदिन धूमधामले मनाउने गरि राजावादीहरूको जुटिरहेका छन । पहिलो पटक बाल्यकालमा विसं २००७ सालमा राजा बनेका थिए, जतिबेला उनको उमेर साढे तीन वर्ष मात्र थियो । हजुरबुबा राजा त्रिभुवन छोरा महेन्द्र र अन्य शाही परिवारका सदस्यहरूलाई लिएर भारतमा शरण लिन गएपछि तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई गद्दीमा बसालिदिएका थिए । अब चर्चा गरौ उनकै जिवनको महत्वपूर्ण बिषयको बारेमा । शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा भएको थियो । राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुई पटक राजा भए ।
उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर नियतिले दुवैपटक दिल्ली सम्झौताले बाहिरिनु परेको थियो। वि।सं २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए।ृ४े पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका थिए। राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि।सं। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।
ज्ञानेन्द्र शाह युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौँ, पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका थिए। उनको जन्मपछि, उनका पितालाई राजज्योतिषहरूले नव शिशुलाई सँगै राख्दा नराम्रो हुन सक्छ भनेकाले उनी मामाघरमा हुर्किएका थिए । २००७ को राजनीतिक घटनाको समयमा उनका पिता महेन्द्र र हजुरबुवा त्रिभुवन र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए। उनलाई प्रधानमन्त्री मोहन शमशेरले वि।सं। २००७ कात्तिकमा राजा घोषणा गरेका थिए। उनको राज्याभिषेक मात्र भएन, उनको नाममा मुद्राहरू समेत निष्काशन गरिए। राणा प्रधानमन्त्रीले राजाको लागि बार्षिक ३,००,००० रुपैयाँ बजेट समेत छुट्याएका थिए। वि।सं। २००७ को दिल्ली सम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो, राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हालेका थिए। २०६१ साल माघ १९ मा ज्ञानेन्द्रले लोकतान्त्रिक सरकार विघटन गर्दै कार्यकारी शासन सम्हाले, जसले व्यापक विरोध निम्त्यायो । त्यही कदमले उनलाई विवादास्पद बनायो । २०६२र६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो र नेपाल गणतन्त्र घोषित भयो । राजा ज्ञानेन्द्रले २०६५ जेठ १५ मा नारायणहिटी दरबार खाली गरे र नागार्जुन दरबारमा सरे । त्यसयता उनी पूर्वराजाका रूपमा सामान्य जीवन बिताइरहेका छन् ।
शाह अहिले जनआन्दोलनको बलमा तेस्रो पटक राजा बन्न प्रयासरत छन् । केही अगाडिदेखि उनी आफ्नो गतिविधिहरू बढाइरहेका छन् । उनले आफूलाई साथ दिन सार्वजनिक अपिल समेत गरेका थिए । त्यसपश्चात् राजावादी शक्तिहरू एकजुट भएर आन्दोलनमा उत्रिए पनि त्यो सफल हुन सकेन । पूर्वराजाको जन्मदिनमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । बिहानैदेखि निर्मल निवास बाहिर शुभेच्छुकहरू जम्मा हुन थालेका थिए । राजावादी प्रमुख दल राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनकै रूपमा मनाउने निर्णय गरेको छ र यसमा सहभागी हुन पार्टी पङ्क्तिलाई अपिलसमेत गरेको छ ।