काठमाडौँ । काठमाण्डौ महानगरपालिका मेयर बोलन शाह र प्रमुख प्रशासकिय अधिकृत सरोज गुराईबिचको बिवाद झन सतहमा पुग्न थालेको छ । विवादकै कारण न कार्यपालिका र नगरसभा समेत हुन सकेको छैन् । प्रमुख प्रशासकीय अधिकृतसँगको विवादसँगै मेयर बालेनको अन्य जनप्रतिनिधिहरुबिच पनि विवाद बढेको छ । यता उपमेयर सुनिता डंगोलसँग समेत बालेनको राम्रो सम्बन्ध छैन । टकराब चुलिँदै जाँदा महिनामा एक पटक बस्नुपर्ने कार्यपालिका बैठक ६ महिनादेखि अहिलेसम्म बस्न सकेको छैन ।
यहि विवादकै बिच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँलाई बाइपास गरेर कार्यपालिका बैठक राख्ने मेयर बालेन साहको ‘तयारी’ प्रति असहमति जनाएकी छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस राख्दै भनेकी छन मैले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटक–पटक अनौपचारिक छलफल गर्दै आएको जानकारी गराइरहनु पर्छ भन्ने लाग्दैन । कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिमा समेत मैले यस विषयमा कुरा राखेकी छु। आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु । उहाँहरुबाट मैले सकारात्मक संकेत पनि पाएकी छु।
हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौँ। जनताले हामीलाई यहाँको विकास, समृद्धि र जनहितमा काम गर्न निर्वाचित गरेर पठाएका हुन्। हामीले हाम्रो जिम्मेवारी पूरा नगरेमा काठमाडौंबासीलाई धोका दिएको ठहरिनेछ। त्यसैले मैले मेरो पदीय जिम्मेवारी र मेरो क्षेत्राधिकारलाई ध्यानमा राखेर पटक–पटक ‘सहमति, सहकार्य र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसाथ गर्दै नगरबासीको हक, हितलाई ध्यानमा राखेर हातेमालो गर्दै अघि बढौँ भनेर भूमिका खेल्दै आएको छु । मैले पटक–पटक भन्दै आएको छु र यहाँ पनि स्मरण गराउँन चाहन्छु कि प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध र्पुयाउनु हुँदैन। यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन। यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु। उनले लेखेकी छन । यता हिजो मात्र प्रमुख प्रशासकिय अधिकृत गुरागाईले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् ।
काठमाडौँ टावरका सन्दर्भमा निर्णय भैसकेको विषयमा प्रमाणपत्र मात्रै दिएको दोहोर्याउँदै आफूमाथि लगाइएका आरोपको खण्डन विगतमा पनि समाचारहरुबाटै भैसकेको बताए । तर, पटक–पटक आफूमाथि किन प्रहार भैरहेको छ भन्नेबारे बुझ्न नसकेको उनले उल्लेख गरे । काठमाडौँ टावरको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत सरोजसँगको विवाद सिर्जना भएको थियो । टावर विवाद हुँदा मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरी महानगर प्रवेशमा रोक लगाएका थिए । करिब तीन महिनापछि उपमेयर र जनप्रनिधिहरुले गत २१ चैतमा कार्यालयमा हाजिर गराएका थिए ।प्रमुख प्रशासकीय अधिकृतले महानगरमा हाजिर गरे पनि अहिलेसम्म मेयरसँग भेट भएको छैन । उनीहरूबिच कुनै संवाद नभएको देखिन्छ । त्यसैले पनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई मेयरले मान्न अझै तयार भएका छैनन् ।