Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायिका एलिना चौहानले पुर्व श्रीमानले कुटेको तस्बिर बाहिर ल्याएपछि...

गायिका एलिना चौहानले पुर्व श्रीमानले कुटेको तस्बिर बाहिर ल्याएपछि...

काठमाडौँ । गयिका एलिना चौहानले पुर्वपति बिस्नु सापकोटले कुटेर शरिर भरि चोटै चोट भएको तस्बिर सार्वजनिक गरेकि छिन । उनले राखेको तस्बिरमा अनुहार भरी चोटै चोट रहेको देख्न सकिन्छ,उनको अनुहार पनि सुन्न्निएको र आँखा पनि राता रहेको सार्वजनिक तस्बिरमा देखिएको छ ।

चौहानले अब आफु चुप नलाग्ने बताउँदै न्यायका लागि लड्ने पनि बताएकी छिन । तस्बिर राख्दै एलिनाले लेखेकी छिन, हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोर्होयाएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय र्गयो। म कानुनी प्रक्रियामा जान बाध्य भएँ।

म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ। मैले मेरो विगत खोल्नुर्पयो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।

त्यो सम्बन्धसँग मेरो कुनै दुश्मनी थिएन,

न कुनै बदला लिने सोच।

स्पष्ट भन्न चाहन्छु यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन।

यो लडाइँ हो—त्यस मानसिकतासँग,

जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ।

जसले पीडितलाई नै कठघरामा उभ्याउँछ।

जब मैले आफ्ना भोगाइहरू सुनाएँ,

म माथि फेरि प्रश्नहरू उठाइए—‘किन अहिले?’, ‘किन फेरि?’ तर मलाई थाहा छ—यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ।

यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।

तर अब म चुप लाग्दिन।

अब यो केवल मेरो न्यायको लडाइँ होइन,

यो हरेक नेपाली चेलीको आवाज हो।

म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर

न्यायका लागि अगाडि बढ्नेछु।

किनकि म एक्लो भए पनि,

सत्य मेरो साथमा छ। भन्दै लेखेकी छिन । आज मात्रै चौहानका पुर्वपति बिस्नु सापकोटाले एलिना लक्षित स्टाटस लेखेका थिए । उनले उनले त्यसमा आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न टिकाटिप्पणी र भिडियोहरू फैलिरहेको कुराले ध्यान आकर्षण भएको बताएका छन । सम्बन्ध समाप्त भइसकेपछि कसैसँग बदला लिने, गिज्याउने, खिसीटिउरी गर्ने वा आफ्नो ऊर्जा नकारात्मक कुरामा खर्च गर्ने आफ्नो स्वभाव नधएको बताएका छन ।