काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने,सोमपाला कामी सहित केही सिनियर खेलाडीहरुलाई नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी २० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि नपठाउने निर्णय गरेको छ। लामो समयदेखि नेपाली टिमबाट खेल्दै आएका खेलाडी नै प्रशिक्षणमा नजाँदा राष्ट्रिय टोलीमा विवाद बढेको हो कि भनेर चासो राखिएको छ।
भारतमा नजाने १२ खेलाडीले भने नेपालमै अभ्यास गर्ने क्यानको भनाइ छ। नेपाल क्रिकेट संघ ९क्यान० ले आइसिसी टी९२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि भारत जाने २० खेलाडीको नाम घोषणा गरेको छ। नेपालले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुमा गर्नेछ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआई को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यहि जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ। क्यानका प्रवक्ता छुम्बी लामाले प्रशिक्षक स्टुआर्ट लको योजनाअनुरूप युवा खेलाडीलाई क्याम्पमा पठाइएको बताएका छन् ।
साथै उनले सिनियर खेलाडीले त्यहाँ प्रशिक्षण गरिसकेको र नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप २० खेलाडीलाई मात्र पठाइएको उल्लेख गरेका छन्। उनका अनुसार प्रशिक्षकको योजनाअनुरूप २० खेलाडीलाई भारतमा पठाएको हो । यो राष्ट्रिय टोली होइन । राष्ट्रिय टोली पछि घोषणा हुन्छ । दुवै तर, क्याम्प रहन्छ,’क्यानका प्रवक्ता छुम्बीले भने, ‘सिनियर खेलाडीले त्यहाँ खेलिसकेका छन् । नयाँ खेलाडीलाई अवसर दिइएको हो । पछि मर्च गरेर राष्ट्रिय टोली घोषणा हुन्छ उनले भनेका छन । उक्त शिविरका लागि नेपालस्थित भारतीय दूतावासले समन्वय र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआइले सहयोग गरेका छन्।प्रशिक्षण शिविरमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल र आकाश चन्द र शुभ कंसाकार छन्। यता भारत नजान खेलाडीहरुमा करण केसी ,सोमपाल कामी सन्दीप लामिछाने ललित नारायण राजवंशी गुलशन कुमार झा बसिर अहमद किरण ठगुन्ना आदील अन्सारी पवन सर्राफ शेर मल्ल अर्जुन घर्ती कमल सिंह ऐरी रहेका छन । यता आईसीसी टी९२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु भएको छ ।
बिहिवारबाट सुरु भएको क्लोज क्याम्पमा ३२ खेलाडी सहभागी छन् । क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद आदिल आलमले पनि कमब्याक गरेका छन् ।नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी९२० विश्वकप छनोट खेल्नेछ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टी९२० विश्वकपमा स्थान बनाउनेछन् । उक्त छनोटअघि नेपालले विभिन्न देशमा अभ्यास खेल खेल्नेछ ।