काठमाडौँ । बालेन शाहको आवजमा गित रहने गरि हास्यकलाकार अर्जुन घिमिरे पाडेले अब आफैंले निर्देशन गरेर नयाँ फिल्म बनाउने भएका छन । उनको फिल्मको गितमा बालेन शाह नाम आउनेबित्तिकै यो फिल्म निर्माणको कुरा चर्चामा पुगेको छ । बालेन शाहले यसभन्दा अघिको हास्यकलाका पाडेको फिल्म लाजशरणममा पनि गित गाएका थिए । बालेनले फिल्मको प्रचारको लागि भन्दै म नेपाल हासेको बोलको गित गाएको थिए । जसले गर्दा पनि सोही फिल्मले दर्शकहरु सामु राम्रो हाईप बनाएको थियो । यतिबेला पनि उनै बालेनले अर्जुन घिमिरे पाडेको नया फिल्म झरि पछिको ईन्द्रेणी नामक चलचित्रको लागि गित गाउने भएका हुन ।
अर्जुन घिमिरे र बालेन नजिकको एक पात्र हुन । त्यसैले गर्दा पनि पाडेको फिल्मको लागि मेयर बालेन शाहले गित गाइदिन तयार रहेको बुझीएको छ । बालेन शाह कुनै समयका चर्चित ¥यापर पनि हुन । उनले गाएका केही गितहरु धेरै नै चलेका थिए । अझ मेयरभएपछि उनकोखोजी गर्दै जादा उनको गित र कामहरुको धेरै नै चर्चा हुन थालेको छ । अब कुरा गरौ हास्यकलाकार अर्जुन घिमिरे पाडेको नया चलचित्र ‘झरी पछिको इन्द्रेणी’को । यस चलचित्रमा रमेश उप्रेती, दीपाश्री निरौला, निर्मल शर्मा, प्रियना आचार्य मुन्नी०लगायत कलाकारको अभिनय रहनेछ। अर्जुन आफैंले पनि अभिनय गर्ने भएका छन्।
चलचित्रमा सुशील कडरिया निर्तामा रहने छन् भने गीतमा गणेश कार्कीको शब्द रहने छ। कुमार ब्यञ्जनकारले लेखेको कथामा बन्ने यस चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गीत रहनेछ। त्यस्तै, रोजमान महर्जनको समेत गीत रहेन बताइएको छ। चलचित्र साउन १५ बाट छायांकनमा जानेछ। बुधबार यो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएको छ । टिभी श्रृंखला ‘सक्किगो नि’ गर्दागर्दै पाँडे लगायतको टोलीले जेपिटी क्रिएसनबाट फिल्म ‘लाज शरणम्’ निर्माण गरेको थियो । पाँडे जेपिटी क्रिएसनका प्रमुख पनि हुन् । यसअघि ‘लाज शरणम्’मा अर्जुन कार्यकारी निर्माता रहेका थिए भने कुमार कट्टेलले निर्देशन गरेका थिए। ‘लाज शरणम्’ ‘सक्किगोनी’ टिमले बनाएको चलचित्र थियो। तर, यो चलचित्रमा ‘सक्किगोनी’का धेरै कलाकार नहुने बताइएको छ। यता कर्णालीको कथाव्यथामा आधारित बनेको फिल् लाज शरणमाले राम्रो चर्चा पाएको थियो । कुमार कट्टेल जिग्री ब्रोको निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा, कमलमणी नेपाल, मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य लगायतको अभिनय रहेको रहेको थियो ।