काठमाडौं — संखुवासभाको सभापोखरी गाउँपालिका–५, सिकिदिमका गायक अनिस लिम्बूको नयाँ गीत ‘आकाशै राम्रो जुनले’ सार्वजनिक भएको छ। पुर्बेली मौलिक लोकलयमा तयार पारिएको यो गीत अहिले चर्चाको शिखरमा पुगेको छ। गीतमा विदेशबाट बिदामा फर्किएको लाहुरेको स्वागत, गाउँघरको चहलपहल, नाचगान, पुराना रीतिरिवाज, र वर्षौँपछि भेटिएको प्रेमी–प्रेमिकाबीचको प्रेम र बिछोडलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा पूर्ण लिम्बू र सुहाङ्मा आङ्बुहाङ लिम्बूले मन छुने अभिनय गरेका छन्। मनिपाल राईको शब्द र संगीतमा तयार भएको यो गीत अनिस लिम्बू र सुनिता थेगीमको सुमधुर स्वरमा सजिएको छ भने संगीत संयोजन राजु कार्कीले गरेका हुन्। गीतको रेकर्डिङ्ग अनामनगरस्थित किङ्स रेकर्डिङ स्टुडियोमा गरिएको हो। भिडियो निर्देशन चर्चित निर्देशक विजय मगरले गरेका छन्।
रमणीय लोकेसनहरूमा छायांकन गरिएको भिडियोको छायांकन र सम्पादन अर्जुन खण्काले गरेका हुन्। गीत सार्वजनिक भएदेखिकै छोटो समयमा दर्शक–श्रोताको अत्याधिक माया बटुल्न सफल भएको छ। पूरा भिडियो हेर्नुहोस्
https://youtu.be/vIvNsCbBTu4?si=hG6tFfsi-eUF6pEc