काठमाडौँ । केहि दिन अघि ५ मिनेटको भाषण ,त्यसपछिको फोटो सेसन अनि चिया बिस्कुट खान दिएर राष्ट्रपति रामचन्द्र पौडेलले च्याम्पियन रविन्द्रलाई ढाटलाई सम्मान गरेको भन्दै निकै आलोचना बन्यो त्यो सम्मान । त्यसपछि राष्ट्रपति कार्यालयमा दीएको सम्मानप्रति भ्लगर सिसन बानियाँले प्रश्न उठाए । यसबारे बानियाँले सामाजिक सञ्जालमा गम्भीर असन्तुष्टि पोखेको छन । त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ता सरकारमाथि नै खनिए । अहिले यहि सरकारको अघि बालेन शाहले उनै च्याम्पियन रविन्द्रलाई २ लाखले सम्मान गरेका छन । काठमाडौं महानगरपालिकाले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गरिएको हो । महानगरले मंगलबार उनलाई २ लाख रूपैयाँसहित सम्मान गरेको हो ।
यता राष्ट्रपतिको सम्मानलाई लिएर अहिले पनि निकै आलोचना भईरहेको छ ।त्यतिबेला ढाँटलाई माला लगाइदिएपछि राष्ट्रपति पौडेलले ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्’ भन्ने मनत्वय व्यक्त गरे ।उक्त कार्यक्रममा रवीन्द्रका प्रशिक्षक दिविज पिया लामा र अर्का मेन्टर सिसन बानियाँ पनि पुगेका थिए । झण्डै एक घण्टा शितल निवासमा बिताएर रविन्द्रसँगै निस्किएका सिसनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत सम्मानको नाममा एउटा माला मात्रै लगाइदिने काम भएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।
“रवीन्द्र ढाँटलाई राष्ट्रपति निवास पुगेर त्यहाँको गरिमा बढाइदिएकोमा धन्यवाद १ तर वास्तविक रूपमा भन्नुपर्दा च्याम्पियनप्रति कुनै सम्मान देखिएन। एउटा माला लगाइयो, पाँच मिनेटको टिपिकल भाषण दीयो, फोटो र भिडियो खिचियो अनि काम सकियो’, उनले भनेका छन्, ‘हामीलाई चाहिँ ‘चिया९बिस्कुट खाएर जानुस्’ भनियो। त्यो भयानक हलमा ढाँटले एउटा कप चिया मात्र खाए। २० मिनेटसम्म सबैसँग ‘सिङ्गल’ फोटो खिचे। के यसरी सम्मान गरिन्छ राष्ट्रका च्याम्पियनहरूलाई रु” उनी थप्छन्, “मेरो केटा ९रविन्द्र ढाँट ० यो उपाधिको लागि कडा परिश्रम गरेको छ , यो विजेताको नाम प्रयोग गरेर आफ्नो विज्ञापन गर्न चाहनुहुन्छ भने उसको मेहेनतको उचित मुल्याङकन गर्नुहोस्, प्रोत्साहन गर्नुहोस ।”
सिसनले नै ढाँटको सामाजिक सञ्जाल व्यवस्थापन, भिडिओ प्रमोशन डिजिटल माध्यमबाट प्रचार प्रचारदेखि प्रायोजक खोज्ने सम्मका कामहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्, । ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट ९एमएफएन० १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । यस जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको यात्राको रेकर्ड तोडेका थिए । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए ।