Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान घिसिङलाई बक्यौता नतिरेको विवादबिरुद्ध अख्तियार पस्यो,उर्जामन्त्री दिपक खड्का टार्गेटमा !

कुलमान घिसिङलाई बक्यौता नतिरेको विवादबिरुद्ध अख्तियार पस्यो,उर्जामन्त्री दिपक खड्का टार्गेटमा !

काठमाडौँ । कुलमान घिसिङले उद्योगको बक्यौता उठाउदा उनकै विवाद चर्किन पुग्यो । र कुलमानलाई ओली सरकारले गत चैत ११ गते हटाउदै हितेन्द्रदेब शाक्यलाई नियुक्त गरियो । अहिले कुलमानलाई हटाएसंगै ओली सरकारले वितरण चुहावट एकाएक बढ्दा नेपाल विद्युत प्राधिकरणले सवा अर्ब रुपैयाँ गुमाएको छ।

साथमा यतिबेला अख्तियारको निशाना पनि उनै हितेन्द्रेब शाक्य र प्राधिकारणतर्फ लम्किएको छ । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। अख्तियारले यस विषयका निर्णय तथा पत्राचारसँग सम्बन्धित कागजात १५ दिनभित्र पठाउन प्राधिकरणलाई निर्देशन दिएको छ। प्राधिकरणले लोडसेडिङका बेला समेत उद्योगलाई डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपलब्ध गराएको थियो। तर, उक्त विद्युतको उद्योगहरूले महसुल अहिले तिरेका छैनन्। महसुल विवाद मिलाउनको लागि प्राधिकरणले प्रशासकीय पुनरावलोकन समिति गठन गरी काम गरिरहेको छ । प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएपछि नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको २०८२।१।२१ को बैठकको उपस्थितिसहित निर्णयको प्रति तथा डेडिकेटेड फिडर तथा ट्रकलाइनको सम्बन्धमा प्रशासकीय पुनरावलोकन समितिले गरेका निर्णय माग गरेको छ ।

पत्रमा लेखिएको छ ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत महसुल बक्यौता रहेका ग्राहकहरुले तिर्नुपर्ने रकम तत्काल उठाउन माग गरी श्री सर्वोच्च अदालतमा दायर भएका मुद्दाहरू विचाराधीन रहेको अवस्थामा अनियमित तरिकाले महसुल छुट दिने दुराशय राखी विनियमावलीमा नयाँ व्यवस्था गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्ने व्यहोरा समेतको उजुरी ९द।नं। ८१८२८९०८०३६५० को सम्बन्धमा छानबिनको लागि नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको २०८२।१।२१ को बैठकको उपस्थितिसहित निर्णयको प्रति तथा डेडिकेटेड फिडर तथा ट्रकलाइनको सम्बन्धमा प्रशासकीय पुनरवलोकन समितिले गरेका कामकारबाही तथा सोसँग सम्बन्धित निर्णयका प्रमाणित प्रति १५ दिनभित्र आयोगको महाशाखा नं। ५ मा आइपुग्ने गरी उपलब्ध गराइदिन हुन अनुरोध छ।’ मुलुकमा लोडसेडिङ छँदा प्राधिकरणले केही उद्योगलाई डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत उपलब्ध गराएको थियो। तर, उद्योगहरूले त्यसवापतको महसुल तिर्न आनाकानी गरेका थिए।

अख्तियारले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रहेका उद्योगलाई महसुल छुट दिने गरी प्राधिकरणको सञ्चालक समितिको निर्णय, प्रशासकीय पुनरवलोकन समितिले गरेका कामकारबाही तथा निर्यणका प्रति अख्तियार पठाउन भनेको छ।अख्तियारले झिकाएका कागजातसँग सम्बन्धित मुख्य निर्णय गत वैशाख २१ गतेको रहेको देखिन्छ। त्यो निर्णय हुँदा सञ्चालक समितिको सदस्य९सचिवका रूपमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले काम गर्न थालिसकेका थिए। सञ्चालक समितिका अध्यक्ष भने ऊर्जामन्त्री दीपक खड्का नै थिए।