Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रवि लामिछाने र बालेन शाह बिच रुपन्देही–३ मा टक्कर,रोचक बन्दै उपनिर्वाचन

रवि लामिछाने र बालेन शाह बिच रुपन्देही–३ मा टक्कर,रोचक बन्दै उपनिर्वाचन

काठमाडौँ । रुपन्देही –३ को उपनिर्वाचन यस पटक निकै रोचक बन्ने देखिएको छ । युवाहरुको राजनीतिमा आकर्षण बढेसँगै उप निवार्चनमा भिडन्त निकै रोचक हुने देखिएको हो । यस पटक पुराना दल काँगेस–एमालेलाई टक्कर दिदै नयाँ दल तथा स्वतन्त्र युवाहरु प्नि मैदानमा आउँदै छ । सबै भन्दा बढी अहिले रुपन्देअी उपनिर्वाचनलाई प्रतिश्पर्धाका ढंगले पनि महत्वपुर्ण मानिएका छन । भ्र्खरै राजनितीमा छिरेको लोकप्रिय पार्टी रास्वपा उपचुनावी मैदान होमीसकेको छ । अहिले उमेरदवार छनोटमा व्यस्त रहँदा रास्वपालाई पनि टक्कर दिने हिसाबले काठमाडौँ महानगरपालीका मेयर बालेन शाहले आफ्ना उमेरदवार उठाउँदै छन् ।

जति रवि लामिछानेको क्रेज छ त्यति बालेन शाहको पनि क्रेज छ । रवि पार्टीगत हिसावमा अगाडी बढेका छन् भने बालेन ८४ मा पार्टी खोल्दैछन् । त्यसैले उनले स्वतन्त्र रुपमा एक जना उठाउँदै छ । यसरी सरसर्ती हेर्दा दुबै लोकप्रिय रवि लामिछाने र बालेन शाहका उमेर दवार बिच टक्कर हुदै छ । नयाँ पार्टीले दबदबा बनाउँदै गर्दा काँग्रस एमाले भने तनावमा छन् । उनीहरुलनई अगाडी बढ्न नदिने नयाँहरुको सोचाई छ । त्यसैले बालेनले उमेरदवार उठाउने भए संगै उपनिवाचनको माहोल तातिएको छ । रास्वपाले सम्भावित ९ अनुहार सार्वजनीक गरेको छ । त्यस मध्य ईलेक्सन मार्फत एक जना छानिदै छन ।

बालेनले उनका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्याललाई उठाउने तयारी गरेका छन । अधिवक्ता अर्यालले १७ कात्तिकमा हुने रुपन्देही– ३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनीनिकटका अनुसार आफ्नो उम्मेदवारीलाई अन्तिम रूप दिन अर्याल तीव्र लबिङ गरिरहेका छन् । गुल्मीमा जन्मेका अर्याल पछि बुटवल बसाइँ सरेका थिए । उनी हाल ललितपुरमा बस्दै आएका छन् । अर्यालको उक्त तयारीले रुपन्देहीको चुनाव थप रोचक हुने अनुमान गरिएको छ । महानगरविरुद्धका मुद्दाहरूमा अर्यालले कानुनी र रणनीतिक सल्लाह प्रदान गर्दै आएका थिए । अहिले चुनावकै लागि उनी केही समयअघि नै उक्त जिम्मेवारीबाट अलग भइसकेका छन् । यसअघि बालेनकै सल्लाहकार सन्तोष गिरी उम्मेदारका लागि मैदानमा उत्रिसकेका छन् । गिरीले एक महिनाअघिबाटै तयारी गरिरहेका बेला अर्यालको कसरतले बालेनका अनुयायीहरु अन्यौलमा परेका छन्।

गिरी रुपन्देही ३ कै स्थानीय हुन् । उनी पनि घरदलौ अभियानमा होमिएरका छन । अब बालेनले कस्लाई समर्थन गर्छन त्यो हेर्न बाँकी छ । २ जना मध्य जो उठे पनि बालेनका निकट नै छ । त्यसैले सरसर्ती भन्दा रवि लामिछाने र बालेन शाहको टक्कर रुपन्देहीमा हुदै छ। रवि का जस्तै बालेन पनि समर्थक टन्नै भएकाले यि दुई पार्टीमाथी सबैको नजर गएको छ ।